१३ असार, विराटनगर ।
विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि तीन दिने निःशुल्क बेकरी तालिम सुरु भएको छ ।
एसईईपछि होटल म्यानेजमेन्ट अध्ययनप्रति चासो राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजबंशीले बताए ।
उनले अनुभवी र दक्ष प्रशिक्षकहरुले बेकरी तालिम प्रदान गरिरहेको जानकारी दिएका छन् । बुधबारबाट सुरु भएको सो तालिम शुक्रबारसम्म चल्ने राजबंशीले बताएका छन् ।
तालिममा डेढ दर्जन विद्यार्थी सहभागी भएको उनले बताएका छन् । तालिममा सहभागी विद्यार्थीहरुले पहिलो दिनमै बेकरी तयार पारेका थिए ।
होटल म्यानेजमेन्टले विदेशमा मात्रै नभई स्वदेशमा पनि स्वरोजगार बनाउने भएकाले पढाईसँगै स्वरोजगार बन्ने भएकाले आफूहरुले होटल म्यानेजमेन्ट रोजेको सहभागी विद्यार्थीहरुले बताएका छन् ।
यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी विराटनगरमा बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको र आगामी शैक्षिक सत्रका लागि सिमित सिटका लागि आवेदन समेत खुला गरिएको राजबंशीले बताएका छन् ।