बिराटनगरका भगत यूथ काउन्सिलमा

बिराटनगरका भगत यूथ काउन्सिलमा

विराटनगर,असोज १
बिगत लामो समयबाट समाज सेवाको साथै ब्यापारिक क्षेत्रमा आबद्ध बिराटनगर निवासी रंजीत भगत यू एस एम्बेसी युथ काउन्सिलका सदस्यको रुपमा चयन भएका छन् ।

भगत लामो समयदेखि लियो क्लब, रोट्रेक्ट क्लब तथा अन्य संघ संस्थामा आबद्ध हुदै आफ्नो समाज सेवाको क्षेत्रमा अगाडि बढिरहेका छन् । त्यस्तै उनले एक उद्यमशील युवाका रूपमा पनि आफ्नो छबि बनाएका छन् ।

भगत बिराटनगरमा रहेको एसीसी ग्रुपका संचालक हुन भने मोरंग चेम्बर अफ कमर्स, यूथ एंटरप्रेन्यर फोरममा समेत आबद्ध छन् ।

विविध बिघामा यूथ काउन्सिलले सदस्यता खुलाउने गरेकोमा यस वर्ष बिराटनागरका रंजीत भगत उद्यमशीलताको क्षेत्रमा सदस्यमा छानिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.