विश्वकप क्रिकेटको उपाधिका लागि भारत भर्सेस अफ्रिका

१४ असार ८१, शुक्रबार

१४ असार , एजेन्सी ।

साविक विजेता इंग्ल्यान्डलाई हराउँदै भारत आईसीसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत १० वर्षपछि फाइनलमा प्रवेश गरेको हो । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग पराजित भएको थियो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो । इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन÷तीन विकेट लिए ।

Advertisement

जसप्रित बुमराहको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४७ रन थपे । यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए ।

रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे । वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि शुरू भएको थियो ।यसअघिदक्षिण पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको थियो । अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो ।

Advertisement

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो । समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानको सेमिफाइनलमा ब्याटिङ नै चलेन । अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो ।

तेस्रो विकेटको रूपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो । सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौँ विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

छैटौँ विकेटको रूपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५० रनको स्कोरमा सातौँ विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौँ विकेटको रूपमा पभेलियन फर्किए । ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए । ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए ।

उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले ।फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब उपाधिका निम्ति भारत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार सवा ८ बजेदेखि शुरू हुनेछ ।टी–२० प्रतियोगितामा भारत र दक्षिण अफ्रिका २६ खेलमा आमनेसामने भएका छन् । यी २६ खेलमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । १ खेल भने नतिजाविहीन टुंगिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top