×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

भारतलाई १७ वर्षपछि विश्वकप उपाधि, विश्वकप जिताएर रोहित–विराटले लिए टी–२० आईबाट संन्यास

१७ असार २०८१

१६ असार, एजेन्सी ।

आफूजस्तै गरी फाइनलमा आइपुगेको अर्को अपराजित प्रतिद्वन्दी दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै भारतले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ । वेस्ट इन्डिजमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको संघर्षपूर्ण जित निकाल्दै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो ।

Advertisement
Advertisement

यता पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका सानो अन्तरले उपविजेतामै सीमित बन्यो । यससंगै भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनायो । विश्वकप इतिहासमा अपराजित रहेर टोलीलाई विश्वकप जिताउने कप्तान रोहित शर्मा एक्ला कप्तान हुन् ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमै सिमित भयो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो ।

१७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४–४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२–२ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने क्रममा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए । उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०–३ को अवस्थामा थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए । त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए ।

अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए । चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।

एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए । यसअघि पहिलो पटक सन् २००७ मा भएको विश्वकप भारतले जितेको थियो । त्यसपछि सन् २०१४ मा नजिक पुगेर पनि टाढिएको भारतले दोस्रो प्रयासमा टी–२० को विश्व विजेता बनेको हो ।

अब सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेता र आयोजकका रुपमा विश्वकप खेल्नेछ । सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ । यसैबीच भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा तथा पूर्व कप्तानसमेत रहेका विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् । रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ’यो मेरो अन्तिम प्रतिस्पर्धा थियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको हो ।

यस्तै भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए ।

उनी प्लेयर अफ द म्याचसमेत चुनिए । कोहलीले भने, ’यो मेरो आखिरी ट्वान्टी–२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम ट्वान्टी–२० खेल खेलेको हुँ ।’

Advertisement

भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ वर्ष पछि आइसिसीको उपाधि जितेको हो । सन् २००७ मा टि ट्वान्टी र पछिल्लो पटक २०११ मा एक दिवसिय विश्वकपको उपाधि जितेको थियो । एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य रहेका विराटको यो पहिलो टि ट्वान्टी विश्वकप उपाधि हो । छैटौं पटक टि ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ द म्याच बनेपछि भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ । यो मेरो अन्तिम टि ट्वान्टी विश्वकप हो ।’

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top