NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

रोहितको निर्णय र हार्दिकको बलले भारतले चुम्यो विश्वकप

आइतवार असार १६ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भारतलाई १७ वर्षपछि विश्वकप उपाधि, विश्वकप जिताएर रोहित–विराटले लिए टी–२० आईबाट संन्यास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ असार, एजेन्सी ।

टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले उचालेको छ । खेलको अन्तिम समयमा दक्षिण अफ्रिकातर्फ मोडिसकेको उपाधि एकाएक भारतीय बलर लयमा फर्किएपछि फाइनलमा दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि चुमेको थियो ।

१७७को लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आफ्ना ओपनर सस्तैमा गुमाएपछि भारत खेलमा सुरुवातमा हाभी भएको थियो । रोमाञ्चक बनेको अन्तिम समयको खेलमा जितको अत्यन्तै नजिक पुगेर दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पार्ने योजना असफल भयो । एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका कुनै समय जिततर्फ अग्रसर थियो ।

LS Auto

तर त्यो जितको लक्ष्यमा भारतका हार्दिक पाण्ड्या उत्कृष्ट फर्ममा प्रस्तुत भएपछि अन्तिम समयमा आएर दक्षिण अफ्रिका उपाधिबाट विमुख हुनु पग्यो । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रनमात्र बनाउन सक्यो । खासगरी फाइनल खेलको अन्तिम पाँच ओभर निकै महत्वपूर्ण थियो । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो ।

त्यतिबेलासम्म दक्षिण अफ्रिकाका ६ ब्याट्सम्यान बाँकी नै थिए । १६औँ ओभरमा हेनरिक क्लासेन र डेभिड मिल्लर उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । क्लोसेन २२ बलमा ४९ रन र मिल्लर सात बलमा १४ रन बनाउँदै दक्षिण अफ्रिकालाई जिततर्फ डो¥याउन अग्रसर थिए । समग्रमा १५औँ ओभरको खेल सकिँदासम्म दक्षिण अफ्रिकाले जित्ने लगभग अनुमान गरिएको थियो । तर, अन्तिम पाँच ओभरमा खेलमा नाटकीय परिवर्तन देखियो ।

जिततर्फ अग्रसर दक्षिण अफ्रिका एकाएक दबाबमा पर्यो । अन्तिम पाँच ओभरभित्र भारतीय बलर र फिल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको उपाधि उचाल्नबाट चुक्यो । १६औँ ओभरमा बुमराहले केवल चार रन दिए । १५औँ ओभरको समाप्तिमा दक्षिण अफ्रिकी टोलीको स्कोर चार विकेटको नोक्सानीमा एक सय ४७ रन थियो ।

क्लासेन ४९ र मिल्लर १४ रनमा क्रिजमा थिए । यी दुबै टोलीका अनुभवी खेलाडी हुन् । भारतीय टोलीका कप्तान रोहित शर्माले १६औँ ओभर बलिङ गर्ने जिम्मा जसप्रित बुमराहलाई दिए । बुमराहले पनि १६औँ ओभरमा निकै किफायती बलिङ गरे । बुमराहले त्यो ओभरमा तीनवटा बलमा त एक रन पनि दिएनन् । त्यसपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यानमाथि दबाब बढ्न थाल्यो ।

त्योभन्दा अघिल्लो ओभरमा भारतीय बलर अक्षर पटेलले २४ रन खर्चिएका थिए । त्यही ओभरको अक्षरले खर्चिएको २४ रनले दक्षिण अफ्रिका जिततर्फ नजिक देखिएको थियो । तर १६औँ ओभरमा बुमराहले उत्कृष्ट बलिङ गरेपछि नै भारतीय टोलीमा जितको केही आशा पलाएको थियो । अनि १७औँ ओभरमा हार्दिक पाण्ड्या भारतका लागि जिवनदाता भएर फर्किए ।

उनले उच्च लयका क्लासेनलाई पेभेलियन फर्काए । कप्तान रोहितले १७औँ ओभर बलिङ गर्ने जिम्मा हार्दिक पाण्ड्यालाई दिएका थिए । रोहितको त्यो निर्णय नै विश्वकप जिताउने निर्णय बन्यो । हार्दिक नभएको भए के हुने थियो होला ? यो प्रश्न अहिले भारतीय प्रशंसकहरु माझ उब्जिएको छ । आइपीएलमा मुम्बई इन्डियनसको कप्तानी गर्दै रोहितलाई खेलाएका हार्दिक रोहितको कप्तानीमा विश्वकपका लागि नायक बने ।

आइपीएलमा आलोचक बनेका हार्दिक अहिले प्रशंसाको पात्र बनेका छन् । हार्दिकले आफ्नो पहिलो बलमै मैदानमा जमिसकेका ब्याट्सम्यान हेनरिक क्लासेनलाई पेभेलियन फर्काए । हार्दिकले त्यो बल ‘अफ साइड’मा ब्याट्सम्यानभन्दा केही पर फालेका थिए । क्लासेनले त्यो बललाई खेल्ने प्रयास गरे । ब्याट्को छेउमा थोरै ठोक्किएर बल विकेटकिपर ऋषभ पन्तको हातमा पुग्यो ।

भारतका लागि त्यो जित तर्फ डोर्याउने टर्निङ पोइन्ट थियो । क्लासेन आउट भएपछि मार्को जानसेन क्रिजमा आएका थिए । हार्दिकले दोस्रो बलमा पनि रन बनाउन दिएनन् । बाँकी चार बलमा पनि हार्दिकले केवल चार रन खर्चिएका थिए । १७औँ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकालाई जितका लागि ११ बलमा २२ रन आवश्यक थियो । रोहितले १८औँ ओभर बलिङ गर्ने जिम्मा बुमराहलाई दिएका थिए ।

बुमराहको यो ओभरपछि त खेलमा भारतको पकड निकै बलियो बनेको थियो । बुमराहले अघिल्लो दुई बलमा एक रन पनि दिएनन् । तेस्रो बलमा मिल्लरले एक रन बनाउँदै मार्को जानसेनलाई स्ट्राइक दिएका थिए । चौथो बलमा बुमराहले जानसेनलाई बोल्ड गरे । बुमराहले १८औँ ओभरमा केवल दुई रन खर्चिएका थिए । १८औँ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकालाई जितका लागि १२ बलमा २० रन आवश्यक थियो । रोहितले १९औँ ओभर बलिङ गर्ने जिम्मा तिब्रगतिका बलर अर्शदीप सिंहलाई दिएका थिए । त्यतिबेला दक्षिण अफ्रिकी ब्याट्सम्यान मिल्लर र केशव महाराज क्रिजमा थिए । अर्शदीपले यो ओभरमा तीन बलमा एक रन पनि दिएनन् । यो ओभरमा दक्षिण अफ्रिकाले केवल चार रनमात्र बनाउन सक्यो । त्यसपछि दक्षिण अफ्रिकालार्य अन्तिम ६ बलमा जितका लागि १६ रन आवश्यक थियो ।

दक्षिण अफ्रिकाका मिल्लर १६ बलमा २१ रन बनाउँदै क्रिजमा थिए । अन्तिम ओभरमा पनि भारतका लागि सबैभन्दा ठुलो खतरा मिल्लर नै थिए । भारतीय कप्तान रोहितले अन्तिम ओभर बलिङ गर्ने जिम्मा हार्दिक पाण्ड्यालाई दिएका थिए । हार्दिकको पहिलो बलमा मिल्लरले छक्का हिर्काउने प्रयास गरे ।

तर, बाउन्ड्री लाइननजिकै फिल्डिङ गरिरहेका सूर्यकुमार यादबले उत्कृष्ट क्याच लिँदै मिल्लरलाई पेभेलियन फर्काए , त्यसपछि भारतको जित सुनिश्चित जस्तै देखियो । मिल्लर आउट भएपछि कागिसो राबडा क्रिज समाल्न आएका थिए । क्रिज समाल्न आउनुसाथ उनले चौका प्रहार गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम चार बलमा १२ रन आवश्यक थियो ।

पाँचौँ बलमा हार्दिकले राबडालाई पनि सूर्यकुमार यादबमार्फत नै क्याच गराएका थिए । त्यसपछि अन्तिम बलमा दक्षिण अफ्रिकाले एक रनमात्र बनाउन सक्यो । हार्दिकले अन्तिम चार ओभरमा तीन महत्वपूर्ण विकेट लिए । यसरी सात रनले खेल जित्दै भारतले उपाधिमाथि १७ वर्षपछि कब्जा जमाएको छ ।

Tags: #टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण#दक्षिण अफ्रिकाको सपना#भारतले चुम्यो विश्वकप

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.