×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मुकुल ढकालको पद धरापमा, बैठक लाइभ किन ?

१७ असार २०८१

१६ असार, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकाल एक्लो बृहस्पती बन्न पुगेका छन् । पार्टीकै निर्देशनमा बुझाएको समीक्षा प्रतिवेदन उनी आफैका लागि ब्याक फायर भएको छ । यसैका कारण ढकाललाई महामन्त्रीबाट हटाइनु पर्ने दबाव रास्वपा भित्र बढेको छ । पार्टीको अनुशासन समितिले उनलाई स्पष्टीकरण समेत माग गरेको छ । यस्तोमा असार १९ गतेका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Advertisement
Advertisement

सो बैठकले समीक्षा प्रतिवेदनसहित मुकुल ढकालका बारेमा पनि निर्णय गर्ने बताइएको छ । सोहीकारण १९ गतेको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्रीले माग गरेका छन् । उनले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको जानकारी गराए । ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’

बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ । विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् । प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन ।

प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले सुनाए । यसअघि उनले आफूले बुझाएको समीक्षायात्राको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका थिए । उनले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको पनि गुनासो गरेका छन्। उनको यस अभिव्यक्तिलाई लिएर सभापति लामिछाने र उनी समर्थक पंक्ति रुष्ट देखिएको छ ।

यसअघि महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै उक्त प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न आग्रह गरेका थिए। उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने उनको तर्क थियो।

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका थिए, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

Advertisement
Advertisement

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। असार ५ गते उनी काठमाडौँ आइपुगेका थिए । यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिरया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले प्रतिवेदन गत बुधबार सभापति लामिछानेलाई बुझाएका थिए । उक्त प्रतिवेदन बुझाएपछि उनले आफूलाई महामन्त्रीबाट हटाइन पनि सक्ने शंका व्यक्त गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top