यी हुन् टी–२० विश्वकप २०२४ का सेभेन स्टार

१७ असार,एजेन्सी ।

टी २० विश्वकपको नवौं संस्करण भारतका लागि शुभ रह्यो । उ अपराजित रहँदै दोस्रोपटक च्याम्पियन बन्यो । विश्वकपको समाप्तिसँगै आइसिसीले उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडी सार्वजनिक गरेको छ । जसमध्येका एक हुन्, अफगानिस्तानका फजलहक फारुकी । अफगानिस्तान पहिलोपटक सेमिफाइनल पुग्नुको पछाडि फारुकीको योगदान धेरै छ ।

विशेषतः उनले समूह र सुपर एटमा घातक बलिङ गरेका थिए । समूह चरणमा युगान्डाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका फारुकीले ९ रन खर्चेर पाँच विकेट लिए । यसैगरी न्युजिल्यान्डलाई स्तब्ध बनाउँदा उनले १७ रन दिँदै चार विकेट लिए । समग्रमा उनले विश्वकपमा आठ खेलबाट १७ विकेट लिए । विश्वकपका उनी सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहे ।

Advertisement

पहिलो तीन खेलमै उनले १२ विकेट लिएका थिए । यस्तै अर्का हुन् भारतका जसप्रीत बुमराह । चोटका कारण जसप्रीतले गत संस्करणको विश्वकप गुमाएका थिए । यसपटक उनी फर्कंदा भारतका लागि म्याच विनर नै साबित भए । भारतले सन् २००७ पछि विश्वकप उपाधि उचाल्दा उनले १५ विकेट लिए । विशेषतः उनले सेमिफाइनल र फाइनलमा विपक्षी ब्याट्सम्यानलाई चल्नै दिएनन ।

दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उनले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरी खेल फर्काएका थिए । ३० वर्षीय जसप्रीत प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । न्युयोर्कमा पाकिस्तानविरुद्ध उनले १४ रन खर्चेर तीन विकेट लिँदै भारतलाई जित दिलाए । उनले अफगानिस्तानविरुद्ध तीन विकेट हात पार्न ७ रन दिएका थिए । दक्षिण अफ्रिकाका एनरिक नोट्जी पनि आईसीसीको उत्कृष्ट सातमा अटाएका छन् ।

Advertisement

दायाँहाते फास्ट बलर एनरिकले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेका छन । ३० वर्षीय नोट्जी नवौँ विश्वकपमा मजाले छाए । उनले वेस्ट इन्डिज र अमेरिकाको पिचमा एकनासको प्रदर्शन गरे । दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुग्नुको पछाडि उनको योगदान धेरै रह्यो । उत्कृष्ट फर्ममा रहेका नोट्जीले भारतविरुद्धको फाइनलमा महत्वपूर्ण दुई विकेट लिए । श्रीलंकाविरुद्ध उनले सात रन खर्चेर चार विकेट हात पारे ।

यद्यपि, समूह चरणमा उनले नेपालविरुद्ध रोमाञ्चक १ रनको जित निकाल्दा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन । उनले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण दुई विकेट लिएका थिए । यस्तै यो सूचीमा भारतका रोहित शर्मा पनि रहेका छन् । ३७ वर्षीय ओपनर रोहित शर्मा भारतलाई दोस्रोपटक विश्वकप उपाधि जिताउने एक्ला खेलाडी हुन ।

विश्वकपको पहिलो संस्करण भारतले जित्दा उनले त्यति धेरै मौका पाएका थिएनन । यसपटक आफ्नै कप्तानीमा उनले भारतलाई टी–२० विश्वकप दिलाए । विश्वकप ट्रफी चुम्दै उनले अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्न्यास घोषणा गरे । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने उनी नै हुन ।

उनले सुपर ऐटमा अस्ट्रेलियाविरुद्ध ४१ बलमा ९२ रन बनाएका थिए । रोहितले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि ५७ रन बनाए । यस्तै अर्का उत्कृष्ट खेलाडी हुन् अस्ट्रेलियाका ट्रेभिस हेड । गत वर्ष अस्ट्रेलियाले भारतलाई हराएर एकदिवसीय विश्वकप जितेको थियो । एकदिवसीय विश्वकपमा ट्रेभिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए ।

यसपटक टी–२० विश्वकपमा उनले अस्ट्रेलियाका लागि आक्रामक सुरुवात दिलाए । तर, सुपर ऐटको निर्णायक खेलमा भारतसँग २४ रनले पराजित भएपछि अस्ट्रेलियाको विश्वकप उपाधि यात्रा रोकियो । नवौँ विश्वकपमा बलर हाबी हुँदा ट्रेभिसले विपक्षीलाई संकटमा राखेका थिए । ३० वर्षीय ओपनर ट्रेभिसले प्रतियोगितामा २५५ रन जोडे ।

समग्रमा विश्वकपभरि उच्च रन बनाउने तेस्रा खेलाडी बने । उनले दुई अर्धशतक बनाए । अफगानिस्तानका रहमानुल्लाह गुर्वाज पनि उत्कृष्ट सातमा परेका छन् । नवौँ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको राष्ट्र अफगानिस्तान हो । अफगानिस्तानले सनसनी मच्चाउँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा बंगलादेशलाई हरायो ।

यस सफलतामा ओपनर गुर्वाजले महत्वपूर्ण योगदान गरेका थिए । २२ वर्षीय ओपनर गुर्वाजले आठ खेलमा २८१ रन बटुले । उनले सर्वाधिक रन बनाउने सूचीमा भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई पछि परे । यस्तै अर्का हुन्, दक्षिण अफ्रिकाका क्विन्टन डी कक ।

विश्व क्रिकेटमा फाइनल खेल्न नसक्ने चोकर्सको ट्याग दक्षिण अफ्रिकाले नवाँै विश्वकपमा तोडेको थियो । यसमा ओपनर ब्याट्सम्यान डी ककले व्यक्तिगत प्रदर्शनमा आफूलाई अगाडि राखे । उनले विश्वकपमा नौ खेल खेल्दा २४३ रन जोडे । दक्षिण अफ्रिकाका लागि व्यक्तिगत दुई सयभन्दा बढी रन जोड्ने उनी एक्ला खेलाडी हुन । विश्वकपमा नौ खेल खेल्दा उनले दुई अर्धशतकीय इनिङ्स खेले ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top