एजेन्सी,असोज २
अफगानिस्तान समुह चरणको एक खेल अगावै एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो ।
लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको थियो ।
शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तमनले २ सय ४९ रन बनाएको थियो । अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर दुई बलमासबै विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।
खराव शुरुवात गरेको श्रीलंकाका ओपनर उपुल थरंगाले सर्वाधिक ३६ रन बनाएपनि टिमको हार टार्न सकेन । थिसारा परेराले २८, धनन्जय डि सिल्भाले २३, कप्तान एन्जेलो म्याथ्युजले २२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन ।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नैब, मोहमद नाबीले र रशिद खानले समान २ विकेट लिए ।
अफगानिस्तानका लागि रहमत शाहको अर्धशतक बनाएका थिए । मोहमद शाहजाद र इशानुल्लाहले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै राम्रो शुरुपात दिलाएका थिए । शाहजादले ४७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । इशानुल्लाहले ६५ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाएर आउट भए ।
कप्तान अस्गर अफगान एक रनमा पभेलियन फर्के । रहमत शाहले त्यसपछि चौथो विकेटका लागि हस्मतुल्लहा शाहिदीसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे । शाहले ९० बलमा पांच चौकाको मद्दतमा ७२ रन बनाए । शाहिदीले ५२ बलमा दुई चौकाको मद्दतमा ३७ रन बनाए । मोहम्मद नावी १५, रसिद खान १३ र नाजिवुल्लाह जर्दान १२ रनमा आउट भए ।
श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उनले तीन विकेट अन्तिम ओभरमा हात पारेका थिए । अकिला धनन्जयले २ तथा लासिथ मालिङ्गा, दुसमान्था चामेरा र सेहान जयसुर्यले समान १ विकेट लिए ।
एसिया कप अन्र्तगत आज हङकङले भारतको सामना गर्दैछ ।