×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

अफगानिस्तान एक खेल अगावै एसिया कपको सेमिफाइनलमा, श्रीलंका बाहिरियो

२ आश्विन २०७५

एजेन्सी,असोज २
अफगानिस्तान समुह चरणको एक खेल अगावै एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो ।

लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको थियो ।

Advertisement

शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तमनले २ सय ४९ रन बनाएको थियो । अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर दुई बलमासबै विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।

खराव शुरुवात गरेको श्रीलंकाका ओपनर उपुल थरंगाले सर्वाधिक ३६ रन बनाएपनि टिमको हार टार्न सकेन । थिसारा परेराले २८, धनन्जय डि सिल्भाले २३, कप्तान एन्जेलो म्याथ्युजले २२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नैब, मोहमद नाबीले र रशिद खानले समान २ विकेट लिए ।

अफगानिस्तानका लागि रहमत शाहको अर्धशतक बनाएका थिए । मोहमद शाहजाद र इशानुल्लाहले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै राम्रो शुरुपात दिलाएका थिए । शाहजादले ४७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । इशानुल्लाहले ६५ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाएर आउट भए ।

कप्तान अस्गर अफगान एक रनमा पभेलियन फर्के । रहमत शाहले त्यसपछि चौथो विकेटका लागि हस्मतुल्लहा शाहिदीसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे । शाहले ९० बलमा पांच चौकाको मद्दतमा ७२ रन बनाए । शाहिदीले ५२ बलमा दुई चौकाको मद्दतमा ३७ रन बनाए । मोहम्मद नावी १५, रसिद खान १३ र नाजिवुल्लाह जर्दान १२ रनमा आउट भए ।

श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उनले तीन विकेट अन्तिम ओभरमा हात पारेका थिए । अकिला धनन्जयले २ तथा लासिथ मालिङ्गा, दुसमान्था चामेरा र सेहान जयसुर्यले समान १ विकेट लिए ।

Advertisement

एसिया कप अन्र्तगत आज हङकङले भारतको सामना गर्दैछ ।

भर्खरको समाचार

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top