युरो कपको अन्तिम ८ मा को–को पुगे ?

१९ असार, एजेन्सी ।

मंगलबार राति भएका २ वटा खेलसँगै युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजितगर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

Advertisement

जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अस्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए ।

यता अस्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो । खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो सुरुमै अग्रता लिएको थियो ।

Advertisement

५९औँ मिनेटमा पुनः डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढेको थियो । तर, ६६औंमिनेटमा माइकलले अस्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए ।

त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततःगोल गर्न नसक्द्या टर्कीले २–१ को नतिजा आत्मसाथ गर्दा अस्ट्रिया भने अघि बढ्न सकेन ।

यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ । एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमाअन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औँ मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले जावीसिमोन्सको पासमा गोल गरे ।

६३औँ मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन ।

८३औँ मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए ।

अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन् ।

यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।

युरोकपको इतिहास हेर्दा अहिलेसम्म आयोजक जर्मनीसहित स्पेनले सर्वाधिक ३, ३ पटक उपाधि जितेका छन् भने इटाली र फान्स २, २ पटक च्याम्पियन बनेका छन् ।

इटाली डिफेन्डिङ च्याम्पियन समेत हो । अन्य ६ राष्ट्रले एक एक पटक युरोको उपाधि चुमिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top