अरनिकोमा पढ्न तछाडमछाड, ८ सय सिटका लागि १९ सयले दिए प्रवेश परीक्षा

१९ असार ८१, बुधबार
Share this
757shares

१९ असार, विराटनगर ।

Advertisement

देशभरका उत्कृष्ट २५ माध्यमिक विद्यालय (प्लस २) मध्ये उत्कृष्ट ८ मा पर्न सफल तथा कोशी प्रदेशको उत्कृष्ट स्कुल अरनिको आवासीय सेकेन्डरी स्कुलमा कक्षा ११ मा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न गरिएको छ ।

विराटनगर–१० तीनटोलियास्थित अरनिको उच्च माध्यमिक विद्यालयमा बुधबार विज्ञान पढ्न इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

Advertisement

 

Advertisement

व्यवस्थापनका लागि आगामी असार २२ गते शनिवार प्रवेश परीक्षा लिइने विद्यालयका प्रिन्सिपल राजेश कार्कीले बताएका छन् ।

आज सम्पन्न प्रवेश परीक्षामा फारम भर्ने १ हजार ९ सय ३ जना नै सहभागी भएको उनले जानकारी दिएका छन् ।

प्रवेश परीक्षामा उत्कृष्ट आउने विद्यार्थी, एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै गरिब तर जेहेन्दार र खर्चकै कारण पढ्न नसक्ने स्थिति भएका विद्यार्थीहरुलाई विद्यालयले निःशुल्क पढाउने पनि उनले जानकारी दिएका छन् ।

प्रवेश परीक्षामा १९ सय भन्दा बढी विद्यार्थी सहभागी भएपनि सिट संख्या भने ८ सय विद्यार्थीहरुको लागि मात्रै रहेको समेत उनले बताए ।

टाढाटाढाबाट पढ्न आउने विद्यार्थीहरुका लागि अरनिको स्कूलको आफ्नै छात्रावास, बसको सुविधा लगायत सैद्धान्तिक तथा प्रयोगात्मक सुविधा सम्पन्न ल्याव, सुविधासम्पन्न कक्षाकोठा, उच्च अनुभवी शिक्षकबाट पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापहरुको लागि पनि सुविधा रहेको प्रिन्सिपल कार्कीले बताए ।

अरनिको कलेजमा विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स तथा होटल व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top