आजदेखि मनसुन सक्रिय,३० उच्च जोखिममा

२१ असार ८१, शुक्रबार

२१ असार, काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देखि तीन दिन असार २३ गते आइतबारसम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेका भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । आजदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना रहेको छ ।

Advertisement

महाशाखाका अनुसार यस अवधिमा गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा देखिएका छन्। अर्थात् यी ३ दिन हुने वर्षाका कारण गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्व, कर्णालीका जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जोखिममा देखिएका हुन्।

Advertisement

यस्तै कोशी प्रदेशका १४, मधेसको १, बागमतीका ७, गण्डकीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिमका २ गरी ३४ जिल्ला वर्षाको मध्यम जोखिममा छन्। महाशाखाका अनुसार उक्त अवधिमा कोसीका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु, उदयपुर, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगा, मधेसको सप्तरी, बागमतीका रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा र रसुवा, गण्डकीका मनाङ, लमजुङ र गोरखा, लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीका डोल्पा, मुगु, सुर्खेत र सल्यान र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर वर्षाको मध्यम जोखिममा रहेका हुन्।

महाशाखाका अनुसार मधेसका ७ र बागमतीका ६ गरी १३ जिल्ला भने वर्षाको न्यून जोखिममा छन्। मधेसका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा तथा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट र धादिङलाई मौसम महाशाखाले न्यून जोखिममा राखेको हो। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

Advertisement

जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top