जल समाधि लिदैछु भन्दै सम्पर्कविहीन भए प्राध्यापक

२१ असार ८१, शुक्रबार

२१ असार, काठमाण्डौ । 

इटहरीका चर्चित प्राध्यापक, समालोचक डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् । मंगलबार रातीसम्म सम्पर्कमा रहेका उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा जुटेका थिए । फेसबुकमा मंगलबार दिउँसो एउटा पोस्ट शेयर गरेका उनी त्यो दिन रातीसम्म सक्रिय रहेको उनका सहमकर्मीहरुले जनाएका छन् ।

बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा पत्र पाइएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८ असार १९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ । तिम्सिना बेपत्ता भएपछि प्रहरीमा निवेदन दिइएको छ । निवेदनपछि प्रहरी खोजीमा जुटेको छ ।

उनको मोबाइलको अन्तिम लोकेसन पनि चतरा–बराहक्षेत्र आसपास पाइएको प्रहरीले जनाएको छ । प्रहरीले चतरा तथा बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ । त्यहाँ रहेका सीसी क्यामेरा पनि नियालिरहेको, सबै सीसी क्यामेरा हेरिने र थप खोजी गरिने उनले बताएका छन् । उनका शुभचिन्तकहरूले पनि खोजी कार्य गरिदिन अपिल गरेका छन् ।

उनी खासगरी समालोचनामा रूचि राख्छन् । इटहरीसहित पूर्वमा भएका विभिन्न साहित्यिक, वैचारिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी जनाउँदै आएका तिम्सिना विभिन्न पुस्तक तथा अन्य विषयमा पनि आफ्नो समालोचना प्रस्तुत गर्दै आएका छन् । उनी आश्चर्यचकित ढंगबाट बेपत्ता भएपछि शुभचिन्तकहरूले चिन्ता प्रकट गरेका छन् ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top