टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

२४ असार , एजेन्सी ।

टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ।रिपोर्टअनुसार कम्पनीले सन् २०२४ को पहिलो तीन महिनामा टिकटकमा अपलोड १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको छ ।

यो संख्या अपलोड गरिएका भिडियोको लगभग ०.९ प्रतिशत हो। कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो विश्वभरबाट हटाएको जनाएको छ । तीमध्ये १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको थियो । हटाइएका मध्ये ६० लाख ४२ हजार २८७ भिडियो थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् ।

Advertisement

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका आधारमा तीन महिनामा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्ट हटाएको समेत जनाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टको १.६ प्रतिशत हो ।उक्त अवधिमा क्रियटरले आफ्ना भिडियोबाट तीन अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्ट फिल्टर गर्न वा हटाउन एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलको प्रयोग गरेको कम्पनीले जनाएको छ ।

टिकटकले आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्ट पहिचान, रिभ्यु र अड्रेस गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्टको प्रकाशनले पूर्ण पारदर्शिताप्रतिको प्रतिबद्धतालाई देखाएको कम्पनीको भनाइ छ ।यसबाहेक टिकटकले अनलाइन बालयौन दुर्व्यवहार र शोषण (सीएसईए) र बालयौन दुर्व्यवहार सामग्री (सीएसएएम)को आदानप्रदानविरुद्ध लड्न आफ्नो एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि सार्वजनिक गरिरहेको जनाएको छ ।

Advertisement

यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।लस एन्जलस र सिंगापुरमा ग्लोबल मुख्यालय रहेको टिकटकका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोजस्ता विश्वका विभिन्न सहरमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top