पूर्वी क्षेत्रमा भारी वर्षा, सडकमा बग्यो खोला

२५ असार ८१, मंगलबार

२५ असार, विराटनगर ।
गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ । अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको हो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १ सय ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

यस्तै मोरङको केराबारीमा १ सय ३८ दशमलव ४ र सर्लाहीमा १ सय ४१ मिलिमिटर पानी परेको छ । यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो फेरि केही ठाँउमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।रातिदेखि परेको अविरल वर्षाको कारण सुनसरी र मोरङका धेरैजसो स्थान जलमग्न भएका छन् ।

सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठूलो बाढी आएको छ । यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ ।

Advertisement

बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् । वर्षापछिको पहिरोका कारण धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान धनकुटा सडक अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरी गढीकाको लेउती खोलाको पुलदेखि घण्टे भन्ने स्थानसम्म ठाउँ ठाउँमा सडकमा लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा धरान धनकुटा सडकमा सवारीका साधन चल्न सकेका छैनन् । कोशी ब्यारेजमा भने पानीको वहाव घट्दै गएको छ। पानीको वहाव १ लाख ८३ हजार क्युसेक रहेको छ। आइतबार पानीको वहाव ३ लाख ९५ हजार क्युसेकसम्म पुगेपछि ५६ वटै ढोका खोलिएका थिए ।

Advertisement

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन । अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मोरङ र सर्लाही जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको छ ।

महाशाखाले बिहान जारी गरेको सूचनामा उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।त्यस्तै बिहान साढे ५ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा सिन्धुली रानीबास, उदयपुर मुर्कुची बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम तथा भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने कमला, रातु, त्रियुगा र अन्य साना नदीहरूमा केही बहाव बढ्ने महाशाखाको भनाई छ । यसै गरी, बिहान ५ बजेर १५ मिनेटमा जारी सूचना अनुसार पछिल्लो ३ घण्टामा सर्लाही जिल्लास्थित पथ्थरकोट र मोरङको केराबारी वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।आज राति पनि कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । उता लगातारको वर्षापछि आएको बाढीले कैलाली भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पु¥याएका छन् । यहाँ खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको छ । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए । उनले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए ।यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ ।

वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । यस्तै टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top