NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार बिहिबार अशोज ३० , २०८२
२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ? बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ? बिहिबार अशोज ३० , २०८२
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

पूर्वी क्षेत्रमा भारी वर्षा, सडकमा बग्यो खोला

मङ्लबार असार २५ , २०८१
Reading Time: 1 min read
A A
उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ असार, विराटनगर ।
गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ । अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको हो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १ सय ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

यस्तै मोरङको केराबारीमा १ सय ३८ दशमलव ४ र सर्लाहीमा १ सय ४१ मिलिमिटर पानी परेको छ । यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो फेरि केही ठाँउमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।रातिदेखि परेको अविरल वर्षाको कारण सुनसरी र मोरङका धेरैजसो स्थान जलमग्न भएका छन् ।

सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठूलो बाढी आएको छ । यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ ।

LS Auto

बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् । वर्षापछिको पहिरोका कारण धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान धनकुटा सडक अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरी गढीकाको लेउती खोलाको पुलदेखि घण्टे भन्ने स्थानसम्म ठाउँ ठाउँमा सडकमा लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा धरान धनकुटा सडकमा सवारीका साधन चल्न सकेका छैनन् । कोशी ब्यारेजमा भने पानीको वहाव घट्दै गएको छ। पानीको वहाव १ लाख ८३ हजार क्युसेक रहेको छ। आइतबार पानीको वहाव ३ लाख ९५ हजार क्युसेकसम्म पुगेपछि ५६ वटै ढोका खोलिएका थिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन । अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मोरङ र सर्लाही जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको छ ।

महाशाखाले बिहान जारी गरेको सूचनामा उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।त्यस्तै बिहान साढे ५ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा सिन्धुली रानीबास, उदयपुर मुर्कुची बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम तथा भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने कमला, रातु, त्रियुगा र अन्य साना नदीहरूमा केही बहाव बढ्ने महाशाखाको भनाई छ । यसै गरी, बिहान ५ बजेर १५ मिनेटमा जारी सूचना अनुसार पछिल्लो ३ घण्टामा सर्लाही जिल्लास्थित पथ्थरकोट र मोरङको केराबारी वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।आज राति पनि कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । उता लगातारको वर्षापछि आएको बाढीले कैलाली भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पु¥याएका छन् । यहाँ खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको छ । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए । उनले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए ।यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ ।

वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । यस्तै टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

Tags: #कैलालीमा सयौं विस्थापित#त्रियुगामा खतरा#पूर्वी क्षेत्रमा भारी वर्षा#सडकमा बग्यो खोला

लोकप्रीय

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

विचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

थप समाचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने
खेलकुद

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?
ताजा समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.