कोपा अमेरिकाको उपाधि कसलाई ? अर्जेन्टिना कि कोलम्बिया ?

२७ असार ८१, बिहीबार

२७ असार, एजेन्सी ।

अमेरिकामा जारी कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता अर्जेन्टिनाले अब कोलम्बियाको सामना गर्ने भएको छ । बिहीबार बिहान भएको सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराउँदै उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुगेको हो।

यसअघि सन् २००१ मा आयोजित संस्करणमा फाइनल पुगेर पछि उपाधि नै जितेको थियो। समग्रमा तेस्रोपटक फाइनल पुगेको हो। कोलम्बियाको जितमा जेफर्सन लर्माले गोल गरे।उनले ३९ औँ मिनेटमा हामेस रोड्रिगुएजको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको कोलम्बियाविरुद्ध उरुग्वेले त्यसको फाइदा उठाउन सकेन।

Advertisement

यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो। कोलम्बिया सन् १९७५ मा फाइनलसम्म पुगेर उपविजेतामा सिमित भएको थियो। अर्जेन्टिना कीर्तिमानी १६ औँ पटक कोपा अमेरिका जित्ने प्रयाशमा छ। सन् २०२१ मा ब्राजिललाई हराएर अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको थियो।

१५ पटकको च्याम्पियन अर्जेन्टिना समग्रमा ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । कीर्तिमानी मेसीको टोली अर्जेन्टिना इक्वेडरलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर पनि हुनेछ । कोलम्बिया सन् २००१ पछि फाइनलमा पुगेको हो।

Advertisement

पहिलोपटक फाइनल पुग्दा कोलम्बियाले मेक्सिकोलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियोे। अर्जेन्टिना र कोलम्बियाका अहिलेसम्म १८ वटा भिडन्त भएका छन् जसमा अर्जेन्टिनाले ७ र कोलम्बियाले ४ पटक विजय हासिल गरेको छ । ७ खेल भने ड्र भएका छन्। यी दुई टिमबीचको खेलमा ३४ गोल भएकामा अर्जेन्टिनाले १९ र कोलम्बियाले १५ गोल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top