×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि भनाभन

२ आश्विन २०७५

काठमाडौं : प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् ।

तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो ।

Advertisement

बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडूलगायत थिए । बैठकको सुरुवात गदै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन् ।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे ।
साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाइका क्रममा भीम रावलको अभिव्यक्तिले जनता आक्रोशीत भएको बताउनासाथ रावलले उनलाई रोके ।

Advertisement

रावल बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके । स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थाले । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top