सञ्चारकर्मी दलगत भावनाबाट मुक्त हुनुपर्छः मुख्यमन्त्री कार्की

२७ असार ८१, बिहीबार
Share this
773shares

२७ असार,विराटनगर।

Advertisement

बिराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रले निश्पक्षरुपमा जनतालाई सही सूचना सम्पेषण गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको तेहौं स्थापना दिवसको उपलक्ष्यमा बिहिवार विराटनगरमा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै उनले सञ्चारकर्मीले दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डो¥याउनतर्फ लाग्न समेत आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले र १० हजार राशीको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कार जुनु भट्टराई,रु २१ हजार राशीको मेम्वर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कार नवीन कर्ण,रु ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पुरस्कार सुशिला पाठक र रु ५१ हजार राशीको तोरेन्द्र– इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कार मोहनप्रसाद भण्डारीलाई सम्मान गरे ।

Advertisement

उनले सञ्चारकर्मीहरुले मुलुकको लोकतन्त्र स्थापना र प्रत्येक परिवर्तन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने –सञ्चारकर्मीहरुले सत्य तथ्यका आधारमा समाचार पस्किन समेत सम्बेदनशील हुन आग्रह गर्दछु । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रत्येक वर्ष चार जना पत्रकारलाई सम्मान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा समेत यसलाई थप गरी निरन्तरता दिने विचार ब्यक्त गरे ।

Advertisement

सो अवसरमा दाता दिनबन्धु गोयलले आफ्नो आम्दानीको ९० प्रतिशत समाजसेवामा खर्च गर्ने गरेको जानकारी दिए । सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले सम्मानबाट समाजमा पछाडि परेका जनताका उत्थानमा लाग्न प्रेरणा मिल्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top