एजेन्सी,असोज २
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि समूह चरणका खेलहरु सुरु हुँदैछन् । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ ।
समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा खेल्नेछ ।
समुह ‘ए’ का खेलहरु नेपाली समयअनुसार रातको १२ ः ४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा टोटेनहम हट्स्परले इन्टर मिलानको मैदान सान सिरोमा प्रतिस्पर्धा गर्नेछ ।
बार्सिलोनाले डच क्लब पीएसभीलाई आफ्नो घरेलु मैदानमा निम्तो दिनेछ । दुवै खेल रातको १०ः४० मा सुरु हुनेछ ।
समूह ‘सी’ को मा लिभरपुल र पेरिस सेन्ट जर्मेन बीच खेल हुनेछ भने रेड स्टार बेलग्रेडको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरे र लोकोमोटिभ मस्को आमनेसामने हुँदैछन् ।
समूहको अर्को खेलमा सालका र एफसी पोर्टोले जर्मनीमा प्रतिस्पर्धा गर्नेछन् । यी दुवै समूहको खेल रातको १२ः४५ बजे हुनेछ ।