×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लगातार तेस्रो सिजन इन्डोनेसियन क्लबसँग रोहितको सम्झौता

३० असार २०८१

२९ असार,  एजेन्सी ।

नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् ।

Advertisement
Advertisement

सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन लिग पनि खेलेका थिए । २०१७ देखि भने उनी लगातार इन्डोनेसियाको लिग खेलिरहेका छन् । उनले २०१७ देखि ५ सिजन पेर्सिजा जकार्तामा बिताए । उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे । २०१८ मा लिग उपाधि जितेका रोहित सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

३२ वर्षिय रोहित २०२२ मा पर्सिजाबाट पेर्सिक पुगेका थिए । गत दुई सिजनमा पेर्सिकले ११औ र नवौं स्थानमा सिजनको अन्त्य गरेको थियो । पछिल्लो दुई सिजनमा उनले पेर्सिकका लागि ५६ खेलमा ३ गोल गरेका छन् । यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो हप्तादेखि शुरु हुँदैछ ।

सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीमा सन् २००९ डेब्यू गरेका उनले ९२ खेल खेलिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top