संघीयता अनुशारको न्यायालयको पुनर्संरचना कहिले ? यसो भन्छन् संविधानविद्

३० असार ८१, आइतबार

३० असार , विराटनगर
संविधानविद्हरुले देश संघीय संरचनामा गइसकेको अवस्थामा संघीयताको मर्म अनुसार न्यायालयको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशका अधिवक्ताहरूका लागि ‘संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिम’को समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कानुन क्षेत्रका विज्ञहरूले उक्त सुझाव दिएका हुन् ।

उनीहरुले संघीयताको मर्म अनुसार न्यायालयको पुनर्संरचना आवश्यक रहेकोमा जोड दिएका हुन् । संघीयता अनुकुल न्यायालयको पुनर्संरचनामा ढिलाइ गर्न नहुने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । न्यायालयको राम्रा अभ्यासलाई नबिगारिकन न्यायालयको पुनर्संरचना गर्नुपर्ने सुझाव उनको छ ।

‘न्यायालयको पुनर्संरचनासहित संविधान संशोधनका लागि ८ बुँदे माग राख्दै प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ,’ घिमिरेले भने, ‘आफूहरूको मागलाई बेवास्ता गरिए कडा आन्दोलनसहितका कार्यक्रम सार्वजनिक गरिने छ ।’ न्यायालयको पुनर्संरचना आवश्यक भइसकेको र संघीयताको मर्मअनुसार न्यायालयको पुनर्संरचना गर्नुपर्ने वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताए ।

Advertisement

प्रदेशका मुद्दाहरू कार्यक्षेत्र र मुद्दाको प्रकृति तोकेर उच्च अदालतले नै टुंगो लगाउने व्यवस्था गर्नुपर्ने उनले बताए । ज्ञवालीले संघीय व्यवस्था अनुसार सरकार ३ तहको भएकाले अदालत पनि तीनै तहको बनाउनुपर्नेमा डा. ज्ञवालीको जोड छ ।

नेपाल बार काउन्सिल कोशी प्रदेशको आयोजनामा भएको ७ दिने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका अधिवक्ताहरूको सहभागिता रहेको थियो । तालिमका सहभागी अभिवक्ताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top