Nepal Times
Nepal Times
3
Shares

ठमेलमा २० करोडको कोकिनसहित मलेसियन महिला पक्राउ

ठमेलमा २० करोडको कोकिनसहित मलेसियन महिला पक्राउ

३० असार , काडमाण्डौ ।

प्रतिबन्धित लागूऔषध कोकिनसहित एक मलेसियन महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई ओडिवलु रहेकी छन्। उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरिएको हो ।

होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको एससएपी वसन्त रजौरेले जानकारी दिए ।

प्रहरीमा दिएको बयानमा उनले आफू २९ असारमा मलेसियाबाट लाओसको यात्रामा निस्किएको बताएकी छिन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आएर २९ असारकै राति ११ः २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।

उनी मलेसियाबाट लाओस र बैंकक हुँदै काठमाडौँ ओर्लिएकी हुन् । ‘आरोपीले लाओस वा बैंककबाट कोकिन ल्याएको देखिन्छ,’ एसएसपी रजौरेले भनेका छन्, ‘सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुरा गर्ने उनको मुभमेन्ट सुनियोजिन र नियन्त्रित देखिन्छ ।

’त्यहाँबाट पहिल्यै बुक भएको ठमेलस्थित एक होटलमा उनी पुगेको बताएकी छिन् । जहाँबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ गरेको हो ।

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरण हेर्दा बरामद कोकिनको गन्तव्य भारत हो ।

नेपाल आइसकेपछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ ।

उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको अनुसन्धान अधिकारीहरु बताउँछन् । काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पु¥याउने गरेको खुलेको छ ।

कोकिन काठमाडौं ल्याइपु¥याएर जिम्मा लगाएपछि ती महिला १९ जुलाईमा मलेसिया फर्कने तयारीमा रहेको पनि खुलेको छ । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको पाइएको छ ।

उनी यसभन्दा अघि ५ पटक काठमाडौं आइसकेको देखिएको एसएसपी रजौरेले बताएका छन् । पक्राउ परेकी महिलाले अंग्रेजी नबुझ्ने भएकाले अनुसन्धानमा समस्या रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.