×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

अर्जेन्टिना दोस्रोपल्ट च्याम्पियनः मेसीको आँखामा आँशु

३२ असार २०८१

३१ असार, एजेन्सी ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो । अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले १ सय १२ औं मिनेटमा गोल गरे ।

Advertisement

९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीलाई चोटका कारण गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो ।

सन्१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो । फाइनलमा गोल गर्ने लउटारो मार्टिनेजले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो । अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६८ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।

अर्जेन्टिनाले अतिरिक्त समयमा उपाधि जिते पनि मेस्सीका लागि भने फाइनल खेल खल्लो बन्न पुग्यो । खुट्टाको पुरानै समस्या बल्झिएपछि उनी खेलकै क्रममा मैदानबाट बाहिरिएका थिए । त्यसअघि पनि खेलका क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । तर, सामान्य उपचारपछि उनले खेललाई निरन्तरता दिएका थिए । खुट्टाको पिडा बढ्दै गएपछि अन्ततः ६८ औँ मिनेटमा उनी मैदान छाडन बाध्य भएका थिए । स्टार खेलाडी मेसीले खुट्टाको समस्या बल्झिएपछि आँशु खसाल्दै मैदान छाडेका थिए ।

मेसीले मैदान छाड्दै गर्दा रंगशालामा उपस्थित हजारौँ समर्थकले उनको हौसला बढाएका थिए । मैदानबाट बाहिरिएपछि उनलाई प्राथमिक स्वास्थ्य उपचार दिइएको थियो । यस्तै दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा खेल हेर्न टिकट नपाएका दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो ।

खेल हेर्न टिकट नपाएका दर्शकले रंगशालाको मुख्य गेटमा होहल्ला गरेका थिए । नेपाली समय अनुसार, खेल बिहान ०५ः४५ बजे सुरु हुनुपर्ने थियो । तर, आक्रोशित दर्शकको हस्तक्षेपका कारण खेल बिहान ०७ः०० बजे मात्र सुरु भएको थियो । आयोजकले टिकट नपाएका दर्शकलाई पनि खेल हेर्ने व्यवस्था मिलाएको थियो ।

यता युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल ग¥यो । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं मिनेटमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताएका हुन् ।

स्पेनको यो चौथो युरो उपाधि हो । संगै चार पटक युरोकप जित्ने पहिलो टोली पनि । इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ । इङ्ल्यान्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन । स्पेनले उपाधि उचाल्दा उसका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।

Advertisement

स्पेनलाई जित दिलाउन यमलले फाइनलमा पनि एक असिस्ट गरेका छन् । प्रतियोगिताभर सात खेलमा एक गोल गरेका उनले चार असिस्ट गरेका थिए । यस्तै, स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । स्पेनले यसअघि १९६४, २००८ र २०१२ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top