१४ वर्ष जेल बसेका ओली ४ पटक प्रधानमन्त्री

३१ असार ८१, सोमबार

३१ असार,काठमाण्डौ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक देशको ४५ औं प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । उनले आफ्नो चौथो कार्यकालमा २२ सदस्यीय मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । जसमा नयाँ र पूराना अनुहारहरुको बराबरी सहभागिता देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको भएपनि उनले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच सत्ता गठनबन्धन भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । चौथो पटक प्रधानमन्त्री नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओली संसदको पहिलो ठूलो दल नेपाली कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्वमा पुगेका हुन् । संविधान संशोधन, स्थिरता, आर्थिक सुधार लगायतमा दुई दलबीच सहमति भएको जनाइएको छ ।

२०७२ असोज २४ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका ओली यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली २०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गरेकी थिइन् । वाकपटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका छन् ।

हाल सूर्यविनायक नगरपालिका–२ बालकोट, भक्तपुरका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते शनिबार इवा–२ तेह्रथुममा जन्मिएका हुन् । ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए ।

गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो । १४ वर्षको जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै सुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए ।

त्यस्तै उनी विसं २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् ।

२०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् । बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक डिग्री कमजोर छ ।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका हुन् । विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए ।

पछिल्लो समय भने नेकपा एमालेमा उनी निर्विकल्प नेता रहेका छन् । २०४७ फागुन १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष बनेका ओली २०४८ सालको चुनावमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०४९ सालमा एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए। २०५० सालमा पोलिटब्यूरो सदस्यमा निर्वाचित ओलीले प्रचार विभाग प्रमुखको पनि जिम्मेवारी पाए।

२०५१ सालको मध्यावधि निर्वाचनमा झापा–२ बाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका ओलीले त्यही वर्ष पार्टीमा संसदीय विभाग प्रमुखको पनि जिम्मेवारी पाएका थिए। २०५४ सालमा स्थायी कमिटी सदस्य निर्वाचित भएका ओली २०५६ मा झापा–६ बाट सांसद बनेका थिए भने संसद्मा प्रमुख प्रतिपक्षी दलको उपनेता बने।

२०६२÷६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका ओली २०६४ को संविधानसभा चुनावमा भने झापामै पराजित भए । २०६५ फागुनमा भएको आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा हारेका थिए । २०७० को संविधानसभा चुनावमा झापा–७ बाट निर्वाचित उनी संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।

२०७१ साउन १ मा भएको नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै ओली एमालेको अध्यक्ष निर्वाचित भएका थिए । २०७८ मंसिर १४ मा भीम रावललाई पराजित गर्दै ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विवादका बीच दुई पटक संसद विघटन गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top