ओलीले गठबन्धनमा विद्रोह गरेपछि कसको भाग्यो खुल्यो ?

३१ असार ८१, सोमबार

३१ असार, काठमाण्डौ ।

आफैले कांग्रेससँगको गठबन्धन भत्काए प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा यथावत राख्दै प्रतिपक्षबाट सत्तापक्ष बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साढे ३ महिना भित्रै देशको ४५ औं प्रधानमन्त्री बनेका छन् । नेपालको राजनीतिक इतिहासमा चौथो पटक प्रधानमन्त्री हुने अवसर पाएका ओलीले आफ्नो २२ सदस्यीय मन्त्रिपरिषद्मा १० जना नयाँ नेताहरुलाई जीवनमै पहिलो पटक मन्त्री हुने अवसर समेत प्रदान गरेका छन् ।

कांग्रेस र एमालेबीचको आलोपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमति वमोजिम पहिलो २ वर्षका लागि प्रधानमन्त्री बनेका ओलीले आफ्नो मन्त्रिमण्डलमा १० नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्रीसहित बाँकी १२ जना सांसदहरु भने दोहोरिएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।

Advertisement

यसपटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चारजना नयाँलाई पठाएको छ । जसमा नेपाली कांग्रेसबाट आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् ।

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् । यसैगरी प्रधानमन्त्रीको दल नेकपा एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल भने सरकारमा धेरै पटक दोहोरिएका छन् । अशोक राई नेतृत्वको जसपा र लोसपाबाट पनि मन्त्री दोहोरिएका छन् । प्रदीप यादव प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका थिए भने शरदसिंह भण्डारी पटक पटक मन्त्री बनिसकेका छन् ।

ओलीको क्याबिनेटमा दलितको सहभागिता भने शुन्य देखिएको छ भने महिलाको सहभागिता मात्रै २ जना रहेको छ । महिलालाई कमस्थान दिइएको भन्दै सांसदहरुले नै प्रश्न उठाइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले जम्बो मन्त्रीको टोलीमा २ जना मात्रै महिला मन्त्री भन्दै लेखेकी छन्, काङ्ग्रेस एमालेको जम्बो मन्त्री टोलीमा जम्मा दुईजना महिला मन्त्री! महिला नेतृत्व स्वीकार्नै नसक्ने पितृसतात्मक सोचबाट ग्रसित यो समाजलाई उकालो लाग्न अझै दशकौं लाग्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top