विराटनगरमा खुल्यो अत्याधुनिक छाला, यौन तथा सौन्दर्य क्लिनिक

२ साउन, विराटनगर । विराटनगरमा अत्याधुनिक छाला, यौन तथा सौन्दर्य सम्बन्धी स्वास्थ्य सेवा दिने गरी ‘ऐनाः द स्किन हेयर एण्ड लेजर क्लिनिक’ संचालनमा आएको छ।

Advertisement

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सो क्लिनिकको उद्घाटन गरेका हुन् ।

Advertisement

क्लिनिकमा छाला रोग, यौन रोगको उपचार तथा सौन्दर्य बढाउन गरिने हाइड्राफेसिअल, पील जस्ता सेवाहरु उपलब्ध रहने छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डा. विविशा बाँनियाले जानकारी दिइन् ।

त्यसैगरी क्लिनिकमा अनावश्यक रौं, दाग धब्बाहरु तथा ट्याटुहरु अत्यधुनिक लेजर प्रविधिबाट हटाइने सुविधा समेत रहेको उनले जानकारी दिइन् ।

Advertisement

क्लिनिकमा छालाको जाँच गर्ने, छालामा चमक बढाउने, कोठी तथा खिल निकाल्ने, मुसा तथा आँखामाथि देखिने पहँेलो डल्लो हटाउने, कानको लोती सिलाउने लगायतका सेवाहरु समेत उपलब्ध रहेको डा. बाँनियाले जानकारी दिएकी छन् ।

क्लिनिकले अत्याधुनिक र विश्वसनीय उपकरण तथा प्रविधिको प्रयोगबाट सेवाग्राहीहरूले सुरक्षित र प्रभावकारी उपचार प्राप्त गर्न सक्ने दाबी गरेको छ ।

सो अवसरमा मेयर कोइरालाले क्लिनिकको स्थापनाले विराटनगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

‘ऐना: द स्किन हेयर एण्ड लेजर क्लिनिक’को स्थापनाले यस क्षेत्रमा स्वास्थ्य सेवाको विस्तार र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top