एमबाप्पे भित्र्याएको रियलले मोड्रिचपनि रोक्यो

२ साउन ८१, बिहीबार

३ साउन , एजेन्सी ।

मंगलबार मात्रै सान्टियागो बर्नबेउमा विश्व चर्चित फ्रेन्च स्टार किलियन एमबाप्पलेलाई ८५ हजार दर्शकमाझ सार्वजनिक गरेको स्पेनिस क्लब रियल मड्रिडले कप्तान लुका मोड्रिचसँगको सम्झौता पनि नवीकरण गरेको छ । रियलले बुधबार ३८ वर्षीय मोड्रिचसँगको सम्झौता एक वर्ष थप गर्ने सहमति गरेको हो ।

६ पटकको च्याम्पियन्स लिग विजेता मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटनहमबाट स्पेनिस क्लब आएका थिए ।सन् २०१८ को बालन डी‘अर विजेता मोड्रिचले रियाल मड्रिडबाट ५३४ खेल खेल्दा ३९ गोल गरेका छन् । गएको सिजनमा मोड्रिचले रियाल मड्रिडबाट कुल ४६ खेल खेलेका थिए । तर, यसमध्ये मोड्रिचले २३ खेलमा मात्र सुरुआती–११ मा मौका पाएका थिए ।

Advertisement

युरो–२०२४ मा क्रोएसियाको कप्तानी सम्हालेका मोड्रिच उक्त प्रतियोगिताको तीन खेलमै पहिलो रोजाइमा मैदान उत्रिएका थिए । मोड्रिच र रियालबीचको सम्झौता जुनमै समाप्त भएको थियो । तर, प्रशिक्षक कार्लो एन्सोलोट्टीको प्रमुख मिडफिल्डर बनेका मोड्रिचले बुधबारको सम्झौतासँगै क्लबबाट १३औँ सिजन खेल्ने भएका हुन् ।

योसँगै अब रियलका तर्फबाट मोड्रिच र एमबाप्पेले मैदानमा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । स्पेनिस महारथी रियल मड्रिडले मंगलबार विश्व चर्चित फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको थियो । एम्बाप्पेको स्वागतका लागि रगंशालाको सबै टिकट बिक्री भएका थिए । एम्बाप्पेलाई रियलको ९ नम्बरको जर्सीमा सार्वजनिक गरिएको छ ।

Advertisement

रियल मड्रिडमा एम्बाप्पे ९ नम्बरको जर्सी लगाउने छन् । यसअघि ९ नम्बर जर्सी क्लबमा सुरुमा भित्रिँदा क्रिष्टियानो रोनाल्डीले पनि लगाएका थिए । ब्राजिलियन रोनाल्डो र फ्रान्सेली खेलाडी करिम बेन्जेमाले पनि रियल मड्रिडमा ९ नम्बरको जर्सी लगाएका थिए । एम्बाप्पेले पीएसजीमा रहँदा ७ नम्बर जर्सी लगाउने गरेका थिए ।

तर, रियल मड्रिडमा ७ नम्बर जर्सी ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरले लगाउँदै आएका छन् । स्पेनिस सञ्चारमाध्यमहरूका अनुसार रियल मड्रिडले एम्बाप्पेलाई वार्षिक १ करोड ५० युरो दिनेछ । सन् २०१७ मा मोनाकोबाट पीएसजीमा अनुबन्ध भएका एम्बाप्पेले क्लबबाट कीर्तिमानी २५६ गोल गरे ।

एम्बाप्पेले पीएसजीलाई सात फ्रेन्च लिग, तीन फ्रेन्च कप र लिग कपको उपाधि जिताएका छन् । युरोपेली क्लबबाट स्टार खेलाडीहरु लियोनल मेसी, क्रिस्ट्रियानो रोनाल्डो, नेयमार लगायतका खेलाडीहरु पलायन भइसकेको अवस्थामा दुई स्टार खेलाडी एमबाप्पे र लुकाले भने युरोप नछाड्ने निधो गरेका छन् ।

अहिले मेसी अमेरिकी क्लब मियामीबाट व्यवसायीक फुटबल खेलिरहेका छन् भने रोनाल्डो र नेयमार साउदी क्लब अल नासर र अल हिलालमा अनुबन्ध भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top