×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

फसादमा परिन् उपसभामुख, के भन्छन्, सभामुख ?

४ श्रावण २०८१

४ साउन, काठमाण्डौ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रश्न उठेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को गरिमासँग जोडिने प्रश्न उठेको बताउँदै सभामुख र उपसभामुखको धारणा मागेका थिए ।

Advertisement
Advertisement

“यो गम्भीर विषय आयो । यो संसद्को गरिमासँग जोडिएको, हाम्रो मानमर्यादासँग जोडिएको विषय आयो,” खतिवडाले बैठकमा भनेका थिए, “यो केसलाई कसरी लैजाने हो ? सभामुखले कसरी लिनुभएको छ ? उपसभामुख यहीँ हुनुहुन्छ, कसरी लिनुहुन्छ ?” खतिवडाले पत्रबारे प्रश्न उठाएपछि सभामुखले आफूले पत्रपत्रिकाबाट जानकारी पाए पनि उपसभामुखसँग संवाद नभएको बताए ।

“सभामुखज्यूले मैले पनि पत्रपत्रिका हेरेर थाहा पाएँ, यसबारे उपसभामुखसँग कुरा गर्न पाएको छैन । कुरा गर्छु भन्नुभयो,” खतिवडाले भने, “उहाँले आज कार्यव्यवस्थामा होइन, यसबारे छुट्टै छलफल गरौँला भन्नुभएको छ ।”

खतिवडाका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उपसभामुखको विषयबारे बोलेनन् । “उपसभामुख त्यसममा बोल्न खोज्दै हुनुहुन्थ्यो । सभामुखले छुट्टै छलफल गरौँला भनेपछि रोकिनुभयो,” उनले भने ।

यता पदीय दुरुपयोग गरेको आरोप लगाउँदै रानाविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको आरोप लगाउँदै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । यता रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरसम्बन्धी विवादबारे वैशाखतिरै पार्टी नेतृत्व जानकार रहेको बताएका छन् ।

उनले अमेरिका लैजाने आश्वासन दिएर पैसा उठाएको र जान नपाएपछि एकजना पीडितले पार्टीमा उजुरी दिएपछि आफूले नेतृत्वलाई जानकारी दिएको बताएका छन् ।

ढकालले आफूले पार्टी सभापति रवि लामिछाने‚ उपसभापति स्वर्णिम वाग्ले‚ सहकोषाध्यक्ष दिपक बोहरासहित शीर्ष नेतृत्वलाई जानकारी गराएको बताए ।

पीडितले पार्टीमा उजुरी दिएपछि आफूले पैसा फिर्ता पाएको र थप झमेलामा पर्न नचाहेकाले बयान दिन आउदिनँ भनेपछि विषय अघि नबढेको ढकालको दाबी छ ।

आफूले यसबारे गृह मन्त्रालयलाई पनि बुझ्न लगाएको उनको भनाइ छ । यता उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्दै आफूविरुद्ध ’नियोजित कदम’ चालिएको बताएकी छन् ।

उनले आफूले करूणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढवर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी छन् ।

मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ ।

मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन’ उपसभामुख रानाले भनेकी छन्,’आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’

गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताको लागि आफू लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उलेल्ख गर्दै उनले अमेरिका जाने क्रममा – यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोले आफूले पत्र लेखेको उल्लेख गरेकी छन् ।

’मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’ उनले भनेकी छन् ।

उनले कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने उल्लेख गरेकी छन् । ’मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन । हैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको छुु’ उनले भनेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तरवार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तरवार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तरवार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् ।

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तरवार्ताको लागि सिफारिस गरेकाले प्रश्न उठेको हो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको भन्दै सरकारले नै कदम चाल्नु पर्ने आवाज समेत उठेको छ । उपसभामुख पद विशिष्ट व्यक्तिहरुकोे मर्यादाक्रममा सातौँ नम्बरमा पर्छ ।

Advertisement

राज्यबाट उच्च अपदस्थ ‘भीआईपी’ सुविधा लिने व्यक्ति विदेश जानुपरे भिसा प्रक्रिया सरकारी संयन्त्रले गरिदिन्छ । झापा शनिश्चरेकी राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसदबाट उपसभामुख निर्वाचित भएकी हुन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top