NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं” आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

चुनावमा सहभागी हुन मतदाता आतुर

आइतवार मंसिर १७ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

–शीतलप्रसाद महतो

कलैया, बारा, १७ मंसिर  ः यतिखेर अन्य प्रदेश जस्तै प्रदेश नं २ का आठ जिल्ला पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका छन् ।

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साह छाएको देख्न सकिन्छ ।

LS Auto

सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कट अभिलाषा र आकांक्षाबीच हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँका मतदाता मतदानको ब्यग्र प्रतीक्षामा छन् । उनीहरु प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्ने मौका चुकाउनु चाहँदैनन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर, राजपा अध्यक्ष मण्डलका सदस्य क्रमशः राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, महेन्द्र यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल र अजयकुमार चौरसिया तथा वाम गठबन्धनबाट एमालेका नेता रघुवीर महासेठ, नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झा, उर्मिला अर्याल, अजयशंकर नायक, मातृका यादवका गृह जिल्ला पनि यिनै हुन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं २ का आठ जिल्लामा अहिले चुनावी प्रचारप्रसारको सरगर्मी ह्वातै बढ्को छ । त्यस प्रदेशका शहर तथा ग्रामीण क्षेत्रका विभिन्न चोक, पान पसल, चिया पसलदेखि लिएर टोल टोल र खेतबारीसमेत उम्मेदवार र पार्टीका जीत हारको आकलन तथा चुनावी बहसले अहिले त्यहाँका पूरै वातावरण चुनावमय भएको देखिन्छ । विभिन्न दलका नेता, कार्यकर्ता र उम्मेदवारले बिहानैदेखि मतदाताको घरआँगन तथा खेतबारीमा पुगेर मत माग्ने कार्यलाई तीव्रता दिएका छन् भने चुनावीसभा र कोणसभालाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाएका छन् । विभिन्न दलका शीर्ष नेताहरु पनि चुनावीसभा र प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने चुनावको समाचार संकलन गर्न राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई अहिले यहाँ भ्याइनभ्याई छ ।

नेपाली काँग्रेसको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धन, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), नेपाली जनता दललगायतका पार्टीले पनि चुनावीसभा, सम्मेलन र प्रचारप्रसारलाई तीव्रता दिएपछि चुनावी तापमान बढेको हो । मंसिर २१ गते प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पदमा हुने निर्वाचनका लागि ५४५ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । तीमध्ये करिब ३० जना महिलाको मात्र उम्मेदवारी परेको छ ।

यो प्रदेशमा तीनवटै गठबन्धनका उम्मेदवारले बढी मत तान्नसक्ने देखिएको छ । अन्य उम्मेदवारले पनि मत बटुलेर जित्न भरमग्दूर प्रयासमा लागिपरेकाले उम्मेदवारबीच कडा प्रतिस्पर्धाका साथै हारजित थोरै मतले हुने देखिएको छ ।

“हामी नेपालको इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेका छौँ,” बारा नागरिक समाजका अगुवा उमेशलाल दासले भन्नुभयो – “राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन हामी सबैको साझा प्रयास हुनुपर्छ ।”

“कामको चटारो भए पनि बहुसंख्यक श्रमजीवी जनता यो चुनावमा सहभागी हुन आतुर देखिएका छन्,” कलैयाका ज्येष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठले भन्नुभयो – “काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।”

आचारसंहिता उल्लंघन बढ्दो 

सबैजसो राजनीतिक दलका उम्मेदवारहरुबाट आचारसंहिता उल्लंघन भइरहेको देखिएको छ । प्रभावशाली उम्मेदवारले अरुको कार्यकर्ता तान्न र आफ्नै कार्यकर्ता जोगाउन पनि ठूलै रकम खर्च गर्ने गरेका छन् । चार वटासम्म चारचक्के गाडी प्रयोग गर्न पाउने प्रावधान रहे पनि यहाँका कतिपय उम्मेदवारले एक दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेको बुद्धिजीवीहरु बताउँछन् ।

“अधिकांश उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडी प्रचारप्रसारमा प्रयोगमा ल्याइरहेका छन्,” वीरगञ्जका स्थानीय बुद्धिजीवी अनिल वर्णवाल भन्नुहुन्छ – “उम्मेदवारले गाडीमै साउण्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन् । मतदाता लोभ्याउन चुनावी भोजभतेरमा बन्देज लागे पनि दिनहुँ प्रत्येक क्षेत्रमा भोजभतेर चलिरहेको छ ।”

“मतदाता शिक्षा यहाँ प्रभावकारी देखिएको छैन । मन परेका व्यक्तिलाई छानेर मत हाल्न पाइने कि नपाइने, कसरी छाप लगाउने, कसरी पट्याउने भन्ने कुराको चिन्ता छ,” कलैया– ५ की गृहिणी राधारानी पटेलले भन्नुभयो – “श्रीमान् र छोराछोरीसँग सोधपुछ गरेकी छु ।”

खुला सिमाना र सुरक्षा चुनौती 

निर्वाचनको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता लक्ष्यित आक्रमण रोकिएका छैनन् । “निर्वाचनका बेला सुरक्षाका व्यवस्थाका लागि तीनै निकाय संयुक्त र समन्वयात्मकरुपमा परिचालन भएको छ,” प्रदेश नं २ को सुरक्षा अवस्थाबारे जानकारी लिन प्रदेश नं २ का जिल्लामा दौडाहामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थले भन्नुभयो ।

“भारतसँगको खुला सिमाना यहाँका प्रमुख चुनौतीका रुपमा देखिएको छ,” उहाँले भन्नुभयो – “त्यस्ता चुनौती सामना गर्न स्थानीय प्रहरी र प्रशासनले अधिकतम उपाय गरिरहेकाले ढुक्कसँग मतदान गर्न पाउने अवस्था छ ।”

प्रहरीले ठाउँठाउँमा चेक प्वाइन्ट राखेर सुरक्षा जाँचसमेत तीव्र बनाएको छ । “निर्वाचन बिथोल्ने समूहले खुला नाकाको दुरुपयोग सजिलै गर्न सक्छन्,” बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले भन्नुभयो – “खुला सिमानाका कारण घुसपैठ र आपराधिक घटना हुनसक्ने अवस्थालाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।” भारतबाट भाडाका अपराधी निर्वाचनमा उपयोग हुनसक्ने पूर्वानुमानका आधारमा सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बारा, पर्सालगायतका मुख्य नाकामा तालीम प्राप्त कुकुरसमेत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
रासस

लोकप्रीय

विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२

विचार

विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२

थप समाचार

विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
Breaking news

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२
राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं”
ताजा समाचार

राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं”

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.