Nepal Times
Nepal Times
3
Shares

ओलीले नै तोके आफ्नो कार्यकाल, २०८३ असारसम्म प्रधानमन्त्री

ओलीले नै तोके आफ्नो कार्यकाल, २०८३ असारसम्म प्रधानमन्त्री

६ साउन , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् ।

‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भने । विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि ओलीले बताए ।

‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ, बाधक होइन’ ओलीले भने, ‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’

संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन’, ओलीको अडान थियो ।

ओली २०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् । संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् ।

असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने’, ओलीले भने ।

असार १७ को सहमति कार्यान्वयन भइरहेमा अब ओली २०८३ असारसम्म प्रधानमन्त्री बन्ने देखिएको छ । त्यसपछि देउवाले चुनावअघिसम्म सरकारको नेतृत्व गर्नेछन् । उनले सदनमा काग्रेससँग भएको ७ बुँदे सहमति पनि पढेर सुनाए । ओलीका अनुशार दुई दलबीच भएको सहमतिमा
१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनैतिक स्थिरताको लागि अन्य राजनैतिक दललाई समेत सहभागी गराई संविधानकोधारा ७६(२) अन्तरगत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा जटिलताकोसमीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने।आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष माननीय श्री केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसीरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवालेगर्ने।

५. राष्ट्रिय हितकोरक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्युनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।

६. राष्ट्रिय सहमतिकोसरकारका लागि दुई प्रमुख राजनैतिक दलकोनेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनैतिक दललाई समेत सरकारमा समावेश गर्ने।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणकोकामलाई तीव्रता दिने।
रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.