इतिहास नै इतिहास रचेकी कमला अर्काे इतिहास नजिक

७ साउन, एजेन्सी ।

अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसलाई फेरि अर्काे इतिहास बनाउने अवसर आएको छ । अमेरिकी इतिहासमा प्रथम इन्डियन–अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत रहेकी ह्यारिसलाई अबको नयाँ राष्ट्रपतिका लागि राष्ट्रपतिको उम्मेदवार रहेका वर्तमान राष्ट्रपति जो बाइडेनले नै प्रस्ताव गरेका छन् ।

आफू राष्ट्रपतिको दौडबाट अलग भएको घोषणा गर्दै बाइडेनले नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट कमलाको नाम प्रस्ताव गरेका हुन् ।

Advertisement

अब निर्वाचनको ४ महिना अघि राष्ट्रपतिको उम्मेदवार बन्ने प्रस्ताव आएपछि उपराष्ट्रपति समेत रहेकी कमलाले आफूले चुनाव जित्ने दाबी गरेकी छन् ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

Advertisement

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।

ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। यसअघि दुई पटक मात्रै अमेरिकी उपराष्ट्रपतिमा महिला उम्मेदवार खडा भएका थिए ।

सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा प्यालिन उपराष्ट्रपति पदको उम्मेदवार बनेकी थिइन् भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

तर दुवै चुनावमा पराजित भएका थिए । कमलाले भने पहिलो पटक नै उम्मेदवार बन्दै इतिहास रचिन् । उनलाई अब यस्तै इतिहास रच्ने अवसर प्राप्त हुने भएको छ ।

अमेरिकाको इतिहासमा दुवै पार्टीले हालसम्म कुनै अश्वेत महिलालाई उम्मेदवार बनाएका छैनन् भने अमेरिकामा महिलाले राष्ट्रपति निर्वाचनमा जित हात पारेका छैनन् ।

अमेरिका आफ्नो नयाँ राष्ट्रपतिलाई स्वागत गर्न निकै आतुर छ । र यसपटक अमेरिकासँग इतिहास रच्ने मौका छ– पहिलो महिला राष्ट्रपति छान्ने इतिहास । यसअघि हिलारी क्लिंटन राष्ट्रपति पदको नजिक पुगेकी थिइन ।

उनी अहिलेका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग नै पराजित भएकी थिइन । अब फेरि इतिहास कोर्न कमलाले पनि ट्रम्पसँग नै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अमेरिकी इतिहासमा महिला नेतृ शर्ली चिजमको नामले एउटा विशेष स्थान ओगटेको छ ।

सन् १९६८ मा शर्ली अमेरिकी कांग्रेसका लागि छानिएकी पहिलो अफ्रिकी–अमेरिकी महिला थिइन् । सन् १९६९ देखि १९८३ का बिच उनले न्यूयोर्कको प्रतिनिधित्व गरिन् ।

सन् १९७२ मा उनी अमेरिकाको राष्ट्रपति पदका लागि कुनै पनि ठूलो राजनीतिक दलबाट नामांकन हाँसिल गर्ने पहिलो ‘नेग्रो’ उम्मेद्वार बनिन्। यसका साथै उनी लोकतान्त्रिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारको दौडमा भाग लिने पहिलो महिला थिइन् ।

५५ वर्षीय कमला ह्यारिस गत डिसेम्बरमा राष्ट्रपति पदको उम्मेदवारको दौडबाट अलग भएकी थिइन् र जो बाइडेनलाई सघाउने घोषणा गरेकी थिइन् । कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको अकल्यान्डमा भएको हो ।

उनका बाबु आमा नै प्रवासी थिए । उनकी आमाको जन्म भारतमा र बाबुको जन्म जमैकामा भएको थियो । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । त्यहीँबाट उनले आफ्नो पहिचान बनाउन सफल भएकी हुन् ।

उनी आफ्नो अश्वेत अमेरिकी र त्यसमाथि पनि आप्रवासीकी छोरीको जुन पहिचान बनेको छ, त्यसबाट सन्तुष्ट रहेको र एक अमेरिकीका रूपमा चिनिन पाएकोमा खुसी लाग्ने बताउँछिन् ।

हार्वर्डपछि कमला ह्यारिसले क्यालिफोर्निया विश्वविद्यालयबाट कानुनमा डिग्री गरिन् र वकालत सुरु गरिन् । त्यसपछि उनी अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइन् ।

यो पदमा पुग्ने उनी नै पहिलो महिला र पहिलो अफ्रिकी–अमेरिकी हुन् । कमला ह्यारिस २ पटक महान्यायाधिवक्ता भइन् र सन् २०१७ मा सांसद बनिन् । महान्यायाधिवक्ताबाट सांसद हुने उनी दोस्रो अश्वेत महिला हुन् ।

अमेरिकी समाचार संस्था सान्फ्रान्सिस्कोक्रोनिकलमा प्रकाशित एक लेखमा कमला ह्यारिसले बाइडेनका तुलनामा अधिक उदारवादी कदम उठाएको बताइएको थियो। उनी आप्रवासी नागरिकका लागि हदैसम्म लचिलो हुने भन्दै उनका विपक्षीले प्रचार गरिरहेका छन्।

कमला भाषण गरेर अरूलाई आकर्षित गर्ने क्षमता राख्छिन्। कुनै समय थियो जब बाइडेनका दिन राम्रा चलिरहेका थिएनन्। तर बाइडेनलाई साउथ क्यारोलिनामा अफ्रिकी अमेरिकीहरूको भोटले ठूलो जित दिलाएको थियो।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ। धेरै राज्यहरूमा उनीहरूको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। पछिल्लो समय ह्यारिसले रंगभेद, स्वस्थ्य र शिक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्।

बाइडेन प्रस्ताव गरेपनि औपचारिक उम्मेदवार बन्न अब कमलाले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । उम्मेदवार छनोट गर्न राज्य सरकार र स्थानीय सरकारले संचालन गर्ने निर्वाचनलाई प्राइमरी निर्वाचन भनिन्छ ।

यस्तै पार्टीले पार्टीस्तरीय गर्ने निर्वाचनलाई ककस भनिन्छ । यी दुवै निर्वाचन राष्ट्रपतिका उम्मेदवार छनोट गर्न अनिर्वाय रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top