NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

इतिहास नै इतिहास रचेकी कमला अर्काे इतिहास नजिक

सोमवार साउन ७ , २०८१
Reading Time: 1 min read
A A
कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

Photo by Adam Schultz / Biden for President

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ साउन, एजेन्सी ।

अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसलाई फेरि अर्काे इतिहास बनाउने अवसर आएको छ । अमेरिकी इतिहासमा प्रथम इन्डियन–अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत रहेकी ह्यारिसलाई अबको नयाँ राष्ट्रपतिका लागि राष्ट्रपतिको उम्मेदवार रहेका वर्तमान राष्ट्रपति जो बाइडेनले नै प्रस्ताव गरेका छन् ।

आफू राष्ट्रपतिको दौडबाट अलग भएको घोषणा गर्दै बाइडेनले नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट कमलाको नाम प्रस्ताव गरेका हुन् ।

LS Auto

अब निर्वाचनको ४ महिना अघि राष्ट्रपतिको उम्मेदवार बन्ने प्रस्ताव आएपछि उपराष्ट्रपति समेत रहेकी कमलाले आफूले चुनाव जित्ने दाबी गरेकी छन् ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।

ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। यसअघि दुई पटक मात्रै अमेरिकी उपराष्ट्रपतिमा महिला उम्मेदवार खडा भएका थिए ।

सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा प्यालिन उपराष्ट्रपति पदको उम्मेदवार बनेकी थिइन् भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

तर दुवै चुनावमा पराजित भएका थिए । कमलाले भने पहिलो पटक नै उम्मेदवार बन्दै इतिहास रचिन् । उनलाई अब यस्तै इतिहास रच्ने अवसर प्राप्त हुने भएको छ ।

अमेरिकाको इतिहासमा दुवै पार्टीले हालसम्म कुनै अश्वेत महिलालाई उम्मेदवार बनाएका छैनन् भने अमेरिकामा महिलाले राष्ट्रपति निर्वाचनमा जित हात पारेका छैनन् ।

अमेरिका आफ्नो नयाँ राष्ट्रपतिलाई स्वागत गर्न निकै आतुर छ । र यसपटक अमेरिकासँग इतिहास रच्ने मौका छ– पहिलो महिला राष्ट्रपति छान्ने इतिहास । यसअघि हिलारी क्लिंटन राष्ट्रपति पदको नजिक पुगेकी थिइन ।

उनी अहिलेका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग नै पराजित भएकी थिइन । अब फेरि इतिहास कोर्न कमलाले पनि ट्रम्पसँग नै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अमेरिकी इतिहासमा महिला नेतृ शर्ली चिजमको नामले एउटा विशेष स्थान ओगटेको छ ।

सन् १९६८ मा शर्ली अमेरिकी कांग्रेसका लागि छानिएकी पहिलो अफ्रिकी–अमेरिकी महिला थिइन् । सन् १९६९ देखि १९८३ का बिच उनले न्यूयोर्कको प्रतिनिधित्व गरिन् ।

सन् १९७२ मा उनी अमेरिकाको राष्ट्रपति पदका लागि कुनै पनि ठूलो राजनीतिक दलबाट नामांकन हाँसिल गर्ने पहिलो ‘नेग्रो’ उम्मेद्वार बनिन्। यसका साथै उनी लोकतान्त्रिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारको दौडमा भाग लिने पहिलो महिला थिइन् ।

५५ वर्षीय कमला ह्यारिस गत डिसेम्बरमा राष्ट्रपति पदको उम्मेदवारको दौडबाट अलग भएकी थिइन् र जो बाइडेनलाई सघाउने घोषणा गरेकी थिइन् । कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको अकल्यान्डमा भएको हो ।

उनका बाबु आमा नै प्रवासी थिए । उनकी आमाको जन्म भारतमा र बाबुको जन्म जमैकामा भएको थियो । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । त्यहीँबाट उनले आफ्नो पहिचान बनाउन सफल भएकी हुन् ।

उनी आफ्नो अश्वेत अमेरिकी र त्यसमाथि पनि आप्रवासीकी छोरीको जुन पहिचान बनेको छ, त्यसबाट सन्तुष्ट रहेको र एक अमेरिकीका रूपमा चिनिन पाएकोमा खुसी लाग्ने बताउँछिन् ।

हार्वर्डपछि कमला ह्यारिसले क्यालिफोर्निया विश्वविद्यालयबाट कानुनमा डिग्री गरिन् र वकालत सुरु गरिन् । त्यसपछि उनी अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइन् ।

यो पदमा पुग्ने उनी नै पहिलो महिला र पहिलो अफ्रिकी–अमेरिकी हुन् । कमला ह्यारिस २ पटक महान्यायाधिवक्ता भइन् र सन् २०१७ मा सांसद बनिन् । महान्यायाधिवक्ताबाट सांसद हुने उनी दोस्रो अश्वेत महिला हुन् ।

अमेरिकी समाचार संस्था सान्फ्रान्सिस्कोक्रोनिकलमा प्रकाशित एक लेखमा कमला ह्यारिसले बाइडेनका तुलनामा अधिक उदारवादी कदम उठाएको बताइएको थियो। उनी आप्रवासी नागरिकका लागि हदैसम्म लचिलो हुने भन्दै उनका विपक्षीले प्रचार गरिरहेका छन्।

कमला भाषण गरेर अरूलाई आकर्षित गर्ने क्षमता राख्छिन्। कुनै समय थियो जब बाइडेनका दिन राम्रा चलिरहेका थिएनन्। तर बाइडेनलाई साउथ क्यारोलिनामा अफ्रिकी अमेरिकीहरूको भोटले ठूलो जित दिलाएको थियो।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ। धेरै राज्यहरूमा उनीहरूको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। पछिल्लो समय ह्यारिसले रंगभेद, स्वस्थ्य र शिक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्।

बाइडेन प्रस्ताव गरेपनि औपचारिक उम्मेदवार बन्न अब कमलाले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । उम्मेदवार छनोट गर्न राज्य सरकार र स्थानीय सरकारले संचालन गर्ने निर्वाचनलाई प्राइमरी निर्वाचन भनिन्छ ।

यस्तै पार्टीले पार्टीस्तरीय गर्ने निर्वाचनलाई ककस भनिन्छ । यी दुवै निर्वाचन राष्ट्रपतिका उम्मेदवार छनोट गर्न अनिर्वाय रहेका छन् ।

Tags: #इतिहास नै इतिहास रचेकी कमला#कमला ह्यारिस को हुन् ?

लोकप्रीय

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु
ताजा समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.