भारत–पाकिस्तानको दुश्मनीमा सधैं पिसिन्छ क्रिकेट

७ साउन ,एजेन्सी ।

पाकिस्तानले आगामी वर्ष २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । र सदा झैं यो प्रतियोगितामा पनि भारत खेल्नका लागि पाकिस्तान जाने कि नजाने भन्ने चर्चा सुरु भएको छ ।

भारत र पाकिस्तानबीच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ, जसले आयोजकलाई ठूलो झट्का लाग्न सक्छ ।

यद्यपी पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले २०२५ मा न्युट्रल भेन्यूमा टी–२० सिरिज खेल्न भारतलाई आमन्त्रण गर्ने भएका छन् । तर, पिसिबीले च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तानबाहिर सार्न नदिने अडान कायम राखेका छन् ।

पिसिबी स्रोतका अनुसार नकवीले सोमबार श्रीलंकाको कोलम्बोमा आयोजना हुने आइसिसीको वार्षिक सम्मेलनमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहसँग भेट्दै सन् २०२५ मा न्युट्रल भेन्यूमा टी–२० सिरिजका लागि भारतलाई निमन्त्रणा गर्नेछन् ।

’मोहसिन नकवी र जय शाहबीचको भेटमा यस प्रस्तावमाथि छलफल हुनेछ, जसमा च्याम्पियन्स ट्रफीपछि दुई टोलीबीचको खाली दिनमा अस्थायी रूपमा खेलहरू तय गरिनेछ,’ पीसीबी स्रोतले भन्यो । यो छलफल वार्षिक सम्मेलनको महत्त्वपूर्ण हिस्सा हुन गइरहेको छ।

विशेषगरी भारत सरकार र बिसिसिआईले सुरक्षा र राजनीतिक चासोका कारण मेन–इन–ब्लु टोलीलाई पाकिस्तान भ्रमण गर्न नदिने संकेत गरेको छ ।त्यसैले च्याम्पियन्स ट्रफीका खेलहरू न्युट्रल भेन्यूमा सार्ने सम्भावनालाई एजेन्डामा समावेश गरिएको छ ।

पाकिस्तानले भारतीय क्रिकेट टोलीका सबै म्याच लाहोरमा खेलाइने र भारतीय टोली सोही होटलमा बस्ने बताएको छ । सहरमा हुँदा भ्रमण टोलीलाई पूर्ण सुरक्षा प्रदान गर्न सजिलो हुनेछ ।

यसबाहेक पिसिबीले लाहोरको गद्दाफी क्रिकेट रंगशालाको छेउमा पाँचतारे होटल निर्माणका लागि जग्गा खरिद गरेको जनाएको छ।स्रोतका अनुसार पिसिबीले होटल आफैंले निर्माण गर्ने योजना बनाएको छ र अर्को वर्षको सुरुमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ।

पिसिबी स्रोतका अनुसार नवनिर्मित पाँचतारे होटलले सुरक्षाका लागि सडक बन्द गर्ने समस्यालाई अन्त्य गर्दै टाढाका होटलमा टोली बस्नुपर्ने आवश्यकतालाई हटाउनेछ ।

कोलम्बोमा हुने आइसिसीको वार्षिक सम्मेलनमा पीसीबी प्रमुख र जय शाहबीच पनि भेट हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार नकवीले शाहलाई भारतीय टोली पाकिस्तान पठाउन राजी गराउने प्रयास गर्नेछन् ।

तर, अन्तिम निर्णय भारत सरकारले गर्नेछ, बीसीसीआईले होइन । गत वर्ष एसिया कपका लागि भारतीय क्रिकेट टोलीले पाकिस्तान जान नमानेपछि उक्त खेल श्रीलंकामा सारिएको थियो। भारतले सन् २०१२ देखि कुनै पनि द्विपक्षीय सिरिज खेलेका छैनन्।

किनभने भारत सरकारले पाकिस्तानसँगको क्रिकेट म्याचलाई आइसिसी या एसीसी इभेन्ट्समामात्र सीमित गरेको छ । यसैबीच भारतीय टोली पाकिस्तान नआउने खबर सार्वजनिक भएपछि पाकिस्तानी क्रिकेटर हसन अलीले तिखो प्रतिक्रिया दिएका छन्।

उनले भारतबिना नै खेल्ने बताएका छन् । साम टीभीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यदि हामी भारतमा खेल्न जान सक्छौँ भने उनीहरू पनि पाकिस्तान आउनुपर्छ।खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भनेर धेरैले बारम्बार भनेका छन्।

फरक दृष्टिकोणबाट हेर्ने हो भने धेरै भारतीय खेलाडीले पनि आफ्नो अन्तर्वार्तामा पाकिस्तानमा खेल्न चाहेको बताएका छन्।’ भारतीय क्रिकेट टोली खेल्न पाकिस्तान आउन चाहेको तर उसले आफ्नो देश र बोर्डको निर्णय हेर्नुपर्ने उनको भनाइ छ ।

आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगिता २०२५ फेब्रुअरी १९ देखि मार्च ९ सम्म चल्नेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल लाहोरको गद्दाफी स्टेडियममा हुनेछ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतले खेल्ने खेल दुबई वा श्रीलंकामा सार्न आईसीसीलाई अनुरोध गर्ने बताइएको छ ।

यसमा प्रतिक्रिया दिँदै पाकिस्तानी क्रिकेटर हसन अलीले भनेका छन्– यदि भारतले पाकिस्तान आउन अस्वीकार ग¥यो यो प्रतियोगिता भारत बिना नै खेलिनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top