×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

डा. सुनिल शर्मालाई नक्कली प्रमाणपत्रमा क्लिनचिट

८ श्रावण २०८१

८ साउन, काठमाण्डौ।

नेपाली कांग्रेसका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनिलकुमार शर्माको प्रमाणपत्र विवादमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेको छ । सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई पठाएपछि मुद्दा नचल्ने भएको हो ।

Advertisement
Advertisement

उच्च सरकारी वकिल कार्यालयले आइतबार सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ । केही दिनमै महान्यायाधिवक्ताको कार्यालयले यसलाई सदर गर्ने बताइएको छ । सरकारी वकिल कार्यालयले हदम्याद नाघेको भन्दै शुरुमै पक्राउ गर्न र मुद्धा चलाउन आनाकानी गरेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसलाई विवादमा तानेको थियो ।

डा शर्मालाई ०७३ सालमा सीआईबीले ‘अप्रेशन क्वाक’ सञ्चालन गरी अनुसन्धानको दायरामा ल्याएको थियो । त्यतिखेर सीआईबी प्रमुख नवराज सिलवाल थिए । अनुसन्धान गर्ने निकायले थाहा पाएको ८ वर्षसम्म मुद्दा नचलाई ढिलो गरी अहिले मुद्दा अघि बढाउनु हदम्याद बाहिर रहेको सरकारी वकिलले जनाएको छ ।

एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्नेमा ८ वर्ष ढिला गरी ल्याएकोले मुद्दा नचलाउने निर्णय भएको हो । यस्तै सीआईबीले अपरेसन क्वाकअन्तर्गत अनुसन्धान गरेकामध्ये धेरैमा अदालतले सफाइ दिएको आधार पनि सरकारी वकिलले लिएको छ । डा शर्माको नक्कली भनिएको प्रमाणपत्र विदेशी विश्वविद्यालयको रहेको र उक्त कागजात सरकारी लिखत नरहेकाले पनि मुद्दा नचल्ने निर्णय भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसअघि डा शर्मालाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । लोकमानसिंह कार्कीका पालामा उनी अनुसन्धानमा भएको थियो । पछि उनी महाभियोग प्रस्तावका कारण निलम्बित भए र सर्वोच्च अदालतले अयोग्य ठहर गरी पदमुक्त नै गरिदियो ।

त्यतिखेर शर्माले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएकाले प्रतिशोधपूर्ण अनुसन्धान गरिएको दाबी गरेका थिए । एउटै विषयमा राज्यका फरकफरक निकायले अनुसन्धान गरेको, कुनै व्यक्तिलाई मन लाग्दा विषय उठाएको र मन नलाग्दा रोकेको पाइएकाले पनि यो मुद्दा अगाडि नबढ्ने भन्दै सरकारी वकिल कार्यालयले उच्चलाई राय लेखेर पठाएको थियो ।

Advertisement
Advertisement

त्यसलाई नै उच्चले सदर गरी महान्याधिवक्ताको कार्यालयमा लेखेर पठाएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पीसीएल (हेल्थ असिस्टेन्ट एचए) गरेका डा. शर्माले फूल स्कलरशिपमा चीनबाट एमबीबीएस गरेका थिए । यी आधारमा उनले नक्कली कागजात कीर्ते गरेको नठहर्ने भएपछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । उनी नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ का निर्वाचित सांसद हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top