९ साउन,काठमाण्डौ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ ।
जहाज विमानस्थलमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
दुर्घटनापछि विमानमा आगोको मुस्लो देखिएको थियो ।
९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।
जहाजमा १९ यात्रु रहेको बताइएको छ ।
विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको हो ।
कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ।