फाइनल पुग्न बंगलादेशले भारत र श्रीलंकाले पाकिस्तानसंग खेल्ने

९ साउन ८१, बिहीबार

१० साउन, एजेन्सी ।
एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । बुधबार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाले थाइल्यान्डलाई १० विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

समूह ‘ए’ बाट साबिक विजेता भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको भारतले पाकिस्तानलाई सात विकेट, युएईलाई ७८ र नेपाललाई ८२ रनले पराजित गरेको थियो ।

पाकिस्तानले भने नेपाललाई नौ र युएईलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । अर्को समूहबाट श्रीलंकाले शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय ग¥यो ।

Advertisement

श्रीलंकाले बंगलादेशलाई सात र थाइल्यान्डलाई १० विकेटले पराजित ग¥यो । यस्तै, मलेसियालाई १४४ रनले पाखा लगायो। बंगलादेश समूह उपविजेता बन्यो । बंगलादेशले थाइल्यान्डलाई सात विकेट र मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का ग¥यो ।

अब फाइनल प्रवेशका लागि बंगलादेशले समूह ‘ए’ को विजेता भारत र श्रीलंकाले सोही समूहको उपविजेता पाकिस्तानसँग खेल्नेछ । सेमिफाइनलका खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् ।

Advertisement

यो खेल नेपाली समयअनसार दिउँसो २ः३० बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनल खेल ७ः३० बजे सुरु हुनेछ। फाइनल खेल आइतबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

नेपाल भने समूह चरणबाटै बाहिरिसकेको छ । युएईलाई पराजित गरेपनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top