×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सौर्य दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुईवटा ह्याट’

११ श्रावण २०८१

११ साउन , एजेन्सी ।
बुधबार विहान काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले दुर्घटनाको कारणसहित सनसनीपूर्ण समाचार लेखेकने छ । समाचारमा निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ । ‘एउटा टाउकोमा दुईवटा ह्याट’ लगाउँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै समााचारमा जनाएको छ ।

अनुसन्धाताले धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाउँदै मौसम, जटिल भूभाग, ‘ओभर वर्कड’ पाइलट, पुराना विमान भन्ने गरिए पनि जरो कारणको सम्बोधन नगरिएको जनाइएको छ । त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

Advertisement
Advertisement

समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, “प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?” उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

दुर्घटनाबारे जच गर्न मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।

Advertisement

आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य घाइते भएका छन् । सरकारले आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top