‘कान्छी मट्याङट्याङ्’ का गायक रहेनन्

१० साउन ८१, शुक्रबार

११ साउन , काठमाण्डौ।

“रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो‘ ।’’ लगायत धेरै लोकप्रिय गीतका सर्जक, पुराना गाउँ र बस्तीका गीतहरुको संकलन र रचना गरेर सुमधुर स्वर दिएका लोकसंगीतका उज्ज्वल नक्षत्र, चर्चित पूर्वेली लोक गायक लक्ष्मीप्रसाद ( एल. पी. ) जोशी नेपाली सांगितीक क्षेत्रबाट सधैका लागि अस्ताएका छन् । जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

Advertisement

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । दिवंगत जोशीका ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता गीतहरु धेरै लोकप्रिय छन्। उनलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर सम्बोधन गरिएन भने उनको व्यक्तित्व र काममाथि अन्याय पर्न जाने गृहजिल्ला झापा भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

कार्कीले जोशीप्रति समवेदना प्रकट गर्दै उनी एक कुशल चित्रकार पनि रहेको स्मरण गरेका छन् । नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’ मा उनले नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिकामा अभिनय पनि गरेका थिए । उनले आफ्नो जीवनकालमा जम्मा ९ वटा चलचित्र अभिनय गरे। किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम पनि उनले नै गरे। उनले पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top