रुसमा किन घटिरहेको छ जन्मदर ?

१२ साउन , एजेन्सी ।

युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला घट्दो जन्मदरका कारण पनि चिन्तामा छ । एकातिर रुसले युद्धमा जानका लागि सर्वसाधारणलाई आकर्शक प्याकेजको घोषणा गरिरहेको छ भने अर्कातिर रुसी सरकार घट्दो जन्मदरलाई कसरी बढाउन सकिन्छ भन्नेमा होमवर्क गरिरहेको छ । क्रेमलिनले शुक्रबारमात्रै रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ।

उसले ‘संकटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको छ । सोभियत संघको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीहरूको सामना गर्नुपरेको छ । ‘अहिले यो धेरै न्यून स्तरमा छ अर्थात् प्रतिमहिला जन्म १.४।

यो युरोपेली मुलुकहरू र जापान आदिको बराबर हो तर यो मुलुकको भविष्यका लागि संकटपूर्ण छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मिडिया फेस्टिबलम भने, ‘धेरै बच्चा हुने जो कोही पनि नायक हुन्, हामी विश्वको सबैभन्दा ठूलो देशमा बस्छौँ र हरेक वर्ष हाम्रो सङ्ख्या कम भइरहेको छ, यसलाई सामना गर्ने एक मात्र तरिका भनेको जन्म दर बढाउनु हो।’

सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या करिब १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले करिब १४ करोड ४० लाख भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई उदार भुक्तान र धितो अनुदानको प्रस्ताव गरे पनि सोभियत कालदेखि मुलुकको जन्मदरमा सुधार हुनसकेको छैन ।

हालका समस्याहरूमा ठूलो सङ्ख्यामा कोभिडबाट मृत्यु, युक्रेनमा लड्न परिचालन हुनबाट बच्न सन्तानसहित भाग्नु र सन् २०२३ मा १० वर्षको न्यूनस्तरमा रूसमा बसाइँ सर्नु समावेश छ । सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्ने जनसाङ्ख्यिकी विशेषज्ञको अनुमान गरेका छन् ।

‘दुर्भाग्यवश यो एउटा प्रवृत्ति हो’, पेसकोभले भने, ‘अवस्था केही समयका लागि कठिन रहनेछ तर सरकारले यो मुद्दामा कडा मेहनत गरिरहेको छ र यो रुसको राष्ट्रपतिको शीर्ष प्राथमिकताहरूमध्ये एक हो।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top