१३ साउन, विराटनगर ।
विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक मात्रै स्कुल बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । नयाँ शैक्षिक सत्रका लागि स्कुलमा पहिलो ब्याचमा भर्ना भएका ५ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच अभिमुखीकरण गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई मोरङको सुन्दरहरैचा स्थित नेपालीरिका होटलमा अभिमुखीकरण गरिएको हो । लामो समय देखि शिक्षण पेशामा अनुभव हासिल गरेका शिक्षकहरुको समूहले संचालन गरेको यस विद्यालयलाई गुणस्तरीय शिक्षासँगैको संस्कार सिकाईमा काठमाण्डौ बाहिरकै उत्कृष्ट बनाइने बीएसएन व्यवस्थापनले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी स्कुलले पठनपाठन सुरु गरेकोमा पहिलो वर्षमै विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएकोमा विद्यालयका कार्यक्रम निर्देशक मनोज राजबंशी कार्यक्रममा खुशी ब्यक्त गरे ।
विद्यार्थी स्वागत तथा अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकका रुपमा एम्स कजेलका क्याम्पस प्रमुख शशांक पोखरेल,एस्पायर कलेजका क्याम्पस प्रमुख सिएम बस्नेत, विद्यालयका कार्यक्रम निर्देशक राजवंशी,विद्यालयका अध्यक्ष देवराज राजवंशी, विद्यालयका शिक्षक लगायतले नयाँ भर्ना भएका विद्यार्थीको भविष्य निर्माणका लागि विद्यालयले खेल्ने भूमिका र विद्यार्थीका दायित्वका विषयमा प्रकाश पारेका थिए ।
विद्यालयका कार्यक्रम निर्देशक मनोज राजवंशीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने विषयमा पाठ्यक्रम अनुशार आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन विद्यालयले प्रवन्ध गर्ने प्रतिवद्धता जनाए । विएसएनले गुणस्तरमा सम्झौता नगर्ने भन्दै उनले नयाँ भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने बताए ।
विना अध्ययन पनि होटल संचालन गर्न सकिने तर पढेर होटल क्षेत्रमा काम गर्नेहरुले दिने सेवामा धेरै फरक हुने भन्दै विद्यालयका अध्यक्ष देवराज राजवंशीले विद्यार्थीमा त्यही निपूणता ल्याउनका लागि विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक्स्क्लुसिभ बीएसएन होटल म्यानेजमेन्टको स्थापना गरिएको बताए ।