बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा विद्यार्थीलाई भव्य स्वागत

१२ साउन ८१, आइतबार

१३ साउन, विराटनगर ।

विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक मात्रै स्कुल बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । नयाँ शैक्षिक सत्रका लागि स्कुलमा पहिलो ब्याचमा भर्ना भएका ५ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच अभिमुखीकरण गरिएको छ ।

Advertisement

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई मोरङको सुन्दरहरैचा स्थित नेपालीरिका होटलमा अभिमुखीकरण गरिएको हो । लामो समय देखि शिक्षण पेशामा अनुभव हासिल गरेका शिक्षकहरुको समूहले संचालन गरेको यस विद्यालयलाई गुणस्तरीय शिक्षासँगैको संस्कार सिकाईमा काठमाण्डौ बाहिरकै उत्कृष्ट बनाइने बीएसएन व्यवस्थापनले जनाएको छ ।

 

Advertisement

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी स्कुलले पठनपाठन सुरु गरेकोमा पहिलो वर्षमै विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएकोमा विद्यालयका कार्यक्रम निर्देशक मनोज राजबंशी कार्यक्रममा खुशी ब्यक्त गरे ।

विद्यार्थी स्वागत तथा अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकका रुपमा एम्स कजेलका क्याम्पस प्रमुख शशांक पोखरेल,एस्पायर कलेजका क्याम्पस प्रमुख सिएम बस्नेत, विद्यालयका कार्यक्रम निर्देशक राजवंशी,विद्यालयका अध्यक्ष देवराज राजवंशी, विद्यालयका शिक्षक लगायतले नयाँ भर्ना भएका विद्यार्थीको भविष्य निर्माणका लागि विद्यालयले खेल्ने भूमिका र विद्यार्थीका दायित्वका विषयमा प्रकाश पारेका थिए ।

विद्यालयका कार्यक्रम निर्देशक मनोज राजवंशीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने विषयमा पाठ्यक्रम अनुशार आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन विद्यालयले प्रवन्ध गर्ने प्रतिवद्धता जनाए । विएसएनले गुणस्तरमा सम्झौता नगर्ने भन्दै उनले नयाँ भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने बताए ।

विना अध्ययन पनि होटल संचालन गर्न सकिने तर पढेर होटल क्षेत्रमा काम गर्नेहरुले दिने सेवामा धेरै फरक हुने भन्दै विद्यालयका अध्यक्ष देवराज राजवंशीले विद्यार्थीमा त्यही निपूणता ल्याउनका लागि विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक्स्क्लुसिभ बीएसएन होटल म्यानेजमेन्टको स्थापना गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top