Nepal Times
Nepal Times
3
Shares

विज्ञान प्रविधिमा लगानी बढाउन सरोकारवालाहरुको माग

विज्ञान प्रविधिमा लगानी बढाउन सरोकारवालाहरुको माग

विराटनगर,असोज २
विज्ञान र प्रबिधिको प्रबद्र्धन नगरी मुलुकको विकास सम्भव नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्रालय र नेपाल जैबिक समाजले छैठौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएकोे कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले विज्ञानमा लगानी गर्नसके देशको विकासले तीब्रता लिने बताए । सामाजिक विकास मन्त्रालय प्रदेश एकका निमित्त सचिव उपेन्द्र दाहालले मुलुकको विकासमा फड्को मार्न विज्ञान र प्रबिधिको प्रयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा ‘विज्ञान तथा प्रबिधि दिगो विकास र समृद्धि’ बिषयक कार्यपत्र प्रस्तुत गर्दे उपप्राध्यापक रामचन्द्र अधिकारीले राज्यले विज्ञानमा गरेको लगानी अपर्याप्त रहेको बताए ।

उनले अनुसन्धान र अन्वेषणमा पर्याप्त बजेट छुट्टयाएर स्वदेशमै थप बैज्ञानिक उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए । दिगो विकासकालागि विज्ञानको विकास आवश्यक रहेकाले यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने उनंको भनाई थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.