सहकारीका फरार १८ अभियुक्त को कुन् देशमा छन् ?

१४ साउन ८१, मंगलबार

१५ साउन, काठमाण्डौ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा गएर बयान दिनुपर्ने भएको छ । उनलाई सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले सोधपुछका लागि बोलाउने भएको छ ।

लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

Advertisement

‘गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ’, थापाले भने, ‘यो स्वाभाविक हो ।’ उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए।

‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ । लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ ।

Advertisement

लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिए । ‘लामिछानेजीलाई सोधपुछका लागि बोलाउने कुरा भएको हो । तर समय निश्चित भैसकेको छैन । सम्भवतः बुधवारको बैठकमा पनि हुनसक्छ । कुराकानी भइरहेको छ’, ती सदस्यले बताए ।

यसैबीच सहकारीबाट हजारौँ बचतकर्ताको रकम अपचलन गरी विदेश फरार अभियुक्तहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले आवश्यक तयारी सुरु गरेको छ । संसदीय छानबिन विशेष समितिले त्यस्ता १८ अभियुक्तलाई पक्राउ गर्न निर्देशन दिएपछि गृहले तयारी थालेको हो ।

गृहप्रवक्ता नारायणप्रसाद भट्टराईले संसदीय समितिको निर्देशनअनुसार तयारी थालिएको बताए । सोमबार संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले विदेशबाट ल्याउनुपर्ने अभियुक्तको सूची नै बैठकमा पेस गरेका थिए । जसमा सूर्यदर्शन सहकारीका जिबी राई, ज्ञानबहादुर बमजन, भूपेन्द्र राई र थानबहादुर बुढामगर छन् ।

जिबी र बमजन अमेरिकामा रहेको सूचना रहेको भन्दै समितिले जानकारी गराएको छ । सूर्यदर्शनमा मात्रै १८ हजार सात सय बचतकर्ताको एक अर्ब ११ करोड ५३ लाख रुपैयाँ डुबेको छ । त्यस्तै, सुमेरू सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन फरार रहेको भन्दै पक्राउ गरेर ल्याउन समितिले निर्देशन दिएको छ ।

समितिलाई प्राप्त सूचनाअनुसार उनीहरू सबै बेलायतमा छन । उनीहरूले सुमेरूका ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ अपचलन गरेका छन । शिव शिखर सहकारीका तेजबहादुर बमजन र लीलानाथ गौतम पनि क्रमशः बेलायत र भारतमा लुकेको सूचना समितिलाई छ ।

उनीहरूले ३२ हजार ६१२ बचतकर्ताको नौ अर्ब ४९ करोड २२ लाख ८९६ रुपैयाँ डुबाएका छन । संसदीय छानबिन समितिले पक्राउ गर्न भनेका इमेज बचत सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल पनि भारतमै लुकेर बसेको बताइएको छ ।

उनीहरूले एक हजार ४८१ बचतकर्ताको तीन अर्ब रुपैयाँ अपचलन गरेका छन । त्यस्तै, सानोपाइला सहकारीका तस्बिरन खातुन, असरफ अली, सहारा सहकारीका सुवास केसी, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामा पनि भारतमै लुकेर बसेको सूचना छ ।

सानोपाइलाले आठ सय बचतकर्ताको तीन करोड ३४ लाख ७४ हजार १५४, सहाराले आठ हजार बचतकर्ताको ११ करोड ७१ लाख र कान्तिपुरले ६ हजार १८५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपैयाँ अपचलन गरेका छन ।

संसदीय समितिको निर्देशनपछि गृहमन्त्री लेखकले समितिबाट विधिवत् रूपमा आएको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top