पोखरामा दुर्घटनाअघि यतिका पाइलटबीच भएको कुराकानी सार्वजनिक

१४ साउन ८१, मंगलबार

१५ साउन , काठमाण्डौ।

२०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ । यती एयरलाइन्सको एटीआर ७२ नाइन एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो ।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०ः५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो । उक्त एटीआर जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट थिए भने उनले २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए ।

Advertisement

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडियो अनुसार कोपाइलट खतिवडालाई पाइलट केसीले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । सार्वजनिक ककपिट भ्याइस रेकर्डमा पाइलट र को पाइलटबीच दुर्घटनाअघिको कुराकानी सुन्न सकिन्छ ।

यस्तो छ उनीहरुको कुराकानी
पाइलटः अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

Advertisement

कोपाइलटः हजुर ।

पाइलटः वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलटः ए..ए..

पाइलटः झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलटः ए.. हुन्छ हुन्छ ।

पाइलटः तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलटः हो हो.. गरेको हो ।

पाइलटः त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलटः पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलटः बेस बनाउनु परो ?

पाइलटः हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलटः अँ । भिजुअल..

पाइलटः त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।

पाइलटः फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलटः हजुर ।

पाइलटः अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलटः ओके ।

पाइलटः धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ। त्यतिले मात्र हो ।

कोपाइलटः अब यो ५ माइल्स बाट चाँही झर्ने । होइन त अब ?

पाइलटः ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलटः पोखरा एती एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलटः त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलटः ओके अब डाउन ।

कोपाइलटः अब म्यानुअल लिने हो सर ?

पाइलटः ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।
केही सेकेन्डपछि ।

पाइलटः ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ‘टुँ.. आवाज आउँछ ।)

कोपाइलटः ओके ।

पाइलटः फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलटः रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर‘

कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स

कोपाइलटः थर्टी ।

पाइलटः ट्रान्समिसन

कोपाइलटः टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।

कोपाइलटः अन ।

कोपाइलटः के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन ?

पाइटलः हो ।

पाइलटः यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।

कोपाइलटः तलै जानु परो ?

पाइलटः होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै)ः पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलटः पावर.. अगाडि हाल्नु परो नि !

कोपाइलट (डराउँदै)ःआएन सर, टर्क नै आएन के सर ।

पाइलटः यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।

पाइलटः हँ ।

कोपाइलटः टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलटः के भयो ?

(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ‘ आवाज आउँछ,त्यसपछि कोपाइलट चिच्याएको आवाज आउँछ)

त्यसपछि बिमान सेती नदी खोँचको डिलमा बजारिन पुग्छ । अध्ययन प्रतिवेदनले पनि यो विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको बताएको छ । विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा जहाजको दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण हुन सक्ने उल्लेख गरिएको हो । विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरेको छ ।

पाइलट र को पाइलटबीचको कुराकानीमा पनि मौसममा कुनै समस्या नभएको सुन्न सकिन्छ । जहाज चलाइरहेको को–पाइलटले ‘फ्ल्याप–३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिशन लिभरहरू तानेको हुन सक्ने सम्भावित कारण देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । चालकले झुक्किएर ‘कन्डिशन लिभर’हरू तानेको हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top