NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

पोखरामा दुर्घटनाअघि यतिका पाइलटबीच भएको कुराकानी सार्वजनिक

मङ्लबार साउन १५ , २०८१
Reading Time: 2 mins read
A A
विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ साउन , काठमाण्डौ।

२०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ । यती एयरलाइन्सको एटीआर ७२ नाइन एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो ।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०ः५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो । उक्त एटीआर जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट थिए भने उनले २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए ।

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडियो अनुसार कोपाइलट खतिवडालाई पाइलट केसीले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । सार्वजनिक ककपिट भ्याइस रेकर्डमा पाइलट र को पाइलटबीच दुर्घटनाअघिको कुराकानी सुन्न सकिन्छ ।

यस्तो छ उनीहरुको कुराकानी
पाइलटः अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

कोपाइलटः हजुर ।

पाइलटः वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलटः ए..ए..

पाइलटः झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलटः ए.. हुन्छ हुन्छ ।

पाइलटः तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलटः हो हो.. गरेको हो ।

पाइलटः त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलटः पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलटः बेस बनाउनु परो ?

पाइलटः हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलटः अँ । भिजुअल..

पाइलटः त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।

पाइलटः फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलटः हजुर ।

पाइलटः अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलटः ओके ।

पाइलटः धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ। त्यतिले मात्र हो ।

कोपाइलटः अब यो ५ माइल्स बाट चाँही झर्ने । होइन त अब ?

पाइलटः ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलटः पोखरा एती एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलटः त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलटः ओके अब डाउन ।

कोपाइलटः अब म्यानुअल लिने हो सर ?

पाइलटः ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।
केही सेकेन्डपछि ।

पाइलटः ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ‘टुँ.. आवाज आउँछ ।)

कोपाइलटः ओके ।

पाइलटः फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलटः रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर‘

कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स

कोपाइलटः थर्टी ।

पाइलटः ट्रान्समिसन

कोपाइलटः टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।

कोपाइलटः अन ।

कोपाइलटः के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन ?

पाइटलः हो ।

पाइलटः यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।

कोपाइलटः तलै जानु परो ?

पाइलटः होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै)ः पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलटः पावर.. अगाडि हाल्नु परो नि !

कोपाइलट (डराउँदै)ःआएन सर, टर्क नै आएन के सर ।

पाइलटः यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।

पाइलटः हँ ।

कोपाइलटः टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलटः के भयो ?

(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ‘ आवाज आउँछ,त्यसपछि कोपाइलट चिच्याएको आवाज आउँछ)

त्यसपछि बिमान सेती नदी खोँचको डिलमा बजारिन पुग्छ । अध्ययन प्रतिवेदनले पनि यो विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको बताएको छ । विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा जहाजको दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण हुन सक्ने उल्लेख गरिएको हो । विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरेको छ ।

पाइलट र को पाइलटबीचको कुराकानीमा पनि मौसममा कुनै समस्या नभएको सुन्न सकिन्छ । जहाज चलाइरहेको को–पाइलटले ‘फ्ल्याप–३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिशन लिभरहरू तानेको हुन सक्ने सम्भावित कारण देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । चालकले झुक्किएर ‘कन्डिशन लिभर’हरू तानेको हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Tags: #यति दुर्घटना#पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.