×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रभु बैंकको खाताबाटै गायब भयो सवा करोड

१७ श्रावण २०८१

१७ साउन , विराटनगर ।
कुनै पनि ब्यक्तिका लागि आफ्नो नगद बचत गर्ने र चाँहिएको समयमा सहजै निकाल्न सक्ने एक सुरक्षित र भरपर्दाे वित्तिय संस्था हो, बैंक । यसैले त मानिस आफूले दुःख गरेर जम्मा गरेको सानो भन्दा सानो वचत रकम पनि सुरक्षित हुने र भविष्यमा चाहिएको बखत सजिलै निकाल्न सकिने भनेर बैंकमा जम्मा गर्ने गर्दछन् ।

अनि बैंकहरु समेत वचतकर्ताहरुको रकमको बैंक ग्यारेन्टीसहित संकलन गर्ने गर्दछन् । तर कतिपय अवस्थामा वचतकर्ताले दुःख गरेर, जोहो गरेर सुरक्षित हुने भन्दै बैंकमा राखेको रकम खाताबाटै गायब हुने गरेका छन् । जुन वचतकर्ताले सुईको समेत पाउदैनन् । अहिले झापाको विर्तामोडमा यस्तै भएको छ ।

Advertisement
Advertisement

प्रभु बैङ्कको बिर्तामोड शाखामा ग्राहकले राखेको एक करोड १७ लाख रकम खाताबाटै गायब भएको छ । बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक तथा पत्रकार समेत रहेका टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन् ।

श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनले बताएका छन् । गत माघ ३ गते नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जुका नाममा प्रभु बैंकको स्थानीय शाखामा ‘फिक्स डिपोजिट’ गरेका थिए ।

उनीहरु दुवै जना बैंकमा पैसा वचत गरी छोरा–बुहारी भेट्न अमेरिका उडे । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किए । ६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगे । तर बैंकमा पुग्दा ६ महिनाअघि राखिएको रकम कर्मचारीले नभएको बताएपछि उनी बैंकमै छाँगाबाट खसेझैं भए ।

 

पत्रकार नेपालले आफूले जम्मा गरेको सवा करोड रकम बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले अपचन गरेको र उनी फरार रहेको बताएका छन् । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । आफू भन्दा बढी बैंकलाई विश्वास गरेर राखेको पैसा लिन जाँदा सबै पैसा गायब थियो,टीकारामले भनेका छन्, आफूले त्यो रकम तत्काल पाउनु पर्छ ।

वचत गरेका सम्पूर्ण प्रमाणहरु आफूसँग रहेको भन्दै उनले किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्ने बताएका छन् । बैंक खाताबाटै सवा करोड रकम गायब भएपछि प्रभु बैंक भित्रै हल्लीखल्ली मच्चिएको छ । यस घटनाको छानविनका लागि केन्द्रले कोशी प्रदेशका प्रमुख बद्री कटवाललाई छानविनको जिम्मा दिएको छ ।

बैंकका प्रमुख बजार प्रवन्धक तथा सुचना अधिकारी रविन्द्र ढकालले छानविन समिति गठन भइसकेकाले आन्तरिक अनुशन्धानपछि आउने प्रतिवेदन अनुशार नै बैंकले निर्णय गर्ने बताएका छन् । यता प्रभु बैंंक कोशी प्रदेशका प्रमुख कटवालले आन्तरिक अनुशन्धान सुरु भइसकेको भन्दै केही दिनमै यहीबाट निष्कर्षमा पुग्न सकिने कि केन्द्रबाट थप छानविनका लागि समिति बनाउनु पर्ने भन्ने टुंगो लाग्ने जानकारी दिए ।

नेपाल टाइम्ससँगको कुराकानीमा कटुवालले वचतकर्ताले सिटौलाले अपचन गरेको भनिरहेको र उनी समेत सम्पर्कविहीन भएको अवस्थामा प्रहरी प्रशासनलाई आफूहरुले समेत सिटौलालाई पक्राउ गर्नका लागि आग्रह गरेको बताएका छन् । यद्यपि उनले सिटौला एक साताअघिदेखि विवाहका लागि भन्दै विदामा रहेको अवस्थामा यो घटना आएको र ग्राहकका तर्फबाट समेत बैंकको नियम पालना नभएको हो कि भन्ने जस्ता विषयहरु समेत बाहिर आएको बताएका छन् ।

Advertisement
Advertisement

उनले अनुशन्धानबाट आउने अन्तिम निष्कर्षका आधारमा पीडितले न्याय र दोषीले कारबाही भोग्ने विषयमा बैंक प्रतिवद्ध रहेको जानकारी दिएका छन् । जम्मा गरिएको पैसा बैंकबाटै गायब भएपछि विर्तामोड शाखामा भने आज ग्राहकहरुको भीड देखिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top