कक्षा १२ मा सेन्टजोसेफको शतप्रतिशत नतिजा

२० साउन ८१, सोमबार

२१ साउन, विराटनगर ।
विराटनगरस्थित सेन्टजोसेफले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ।

Advertisement

एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफका निर्देशक रोहित थपलियाले जानकारी दिए ।

सेन्टजोसेफले प्लस टु तर्फ साइन्स ,म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्यापन गराउदै आएको छ ।

Advertisement

सार्वजनिक कक्षा १२ को नतिजा अनुसार साइन्समा १०० प्रतिशत,होटल म्यानेजमेन्टमा १०० प्रतिशत र म्यानेजमेन्टमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको सेन्टजोसेफ+२ ले जनाएको छ ।

३.० देखि ४ जीपीएसम्म २९ जना, २.५ देखि ३.० जीपीएसम्म ७० जना, २.० देखि २.५ जीपीएसम्म ३७ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी दिइएको छ ।

Advertisement

९ जना विद्यार्थी भने नन–ग्रेड रहेका छन् । दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सेन्टजोसेफका निर्देशक रोहितजंग थपलियाले खुशी ब्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top