निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ।

हत्यामा संलग्न सुटरसहित ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।

२०७३ पुस ४ गते रुपन्देही जिल्लाका युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनी सम्लग्न थिए ।

त्यस्तै २०७३ चैत २९ गते गौरीघाटमा दाबा लामामाथि उनकै योजनामा गोली प्रहार भएको सिआइबीका डिआइजी पुष्कर कार्कीले जानकारी दिए। बस्नेत काठमाडौं बाफलका हुन् । साढे २ वर्षदेखि भारतमा बसेर उनले नेपालमा आतंक मच्याइरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *