मल्लले ३५ वर्ष उडान भरे, दोस्रो दुर्घटनामा सधैका लागि बिते

२३ साउन ८१, बिहीबार

२४ साउन , काठमाण्डौ।

आज दिउँसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरूण मल्ल १६ वर्षअघि पनि दुर्घटनामा परेको पाइएको छ । क्याप्टेन मल्ल २०७० असोज १० सोलुखुम्बुको लुक्लामा भएको दुर्घटना परेका थिए । सो दुर्घटनामा एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन मल्लसहित ३ यात्रु सवार थिए ।

डाइनेस्टीको ९ एन–एइएक्स (एएस–३५०) हेलिकप्टर अवतरणका क्रममा बिहान ८ः२० बजे दुर्घटनामा परेका थिए । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ०७ः२८ बजे सोलुखुम्बुका लागि उडान भरेको सो हेलिकप्टरमा तीन यात्रु सवार थिए । त्यतिबेला अवतरणका क्रममा तारमा ठोक्किएर डाइनेस्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

Advertisement

अवतरण गर्न खोज्दा विमानस्थल वरपर बारिएको तारमा ठोक्किएको थियो । लुक्लामा दुर्घटनामा पर्नुअघि मल्लले उडाएको हेलिकप्टरलाई तत्कालीन समयमा जनयुद्धमा रहेको माओवादीले अपहरण समेत गरेको थियो । क्याप्टेन मल्लले ३५ वर्ष भन्दा बढी हेलिकप्टर उडाइ सकेका थिए । उनका परिवारमा श्रीमती र दुई छोरी छन् । आज नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेन मल्लसहित ५ जनाको निधन भएको छ ।

हेलिकप्टरमा चार चिनियाँ यात्रु सवार थिए । सो हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाडौं विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो । दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि ४ जना यात्रु (चिनियाँ नागरिक) लिएर उडेको थियो ।

Advertisement

नेपाल नागरिक उडड्यन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा दुर्घटनामा परेको हो । यससंगै नेपाली आकाशमा १५ दिनको अन्तरालमा दुई ठूला हवाई दुर्घटना भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनपछि बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो । ९ साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य भने बाँचेका थिए । आज हेलिकोप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top