Nepal Times
Nepal Times
3
Shares

टुकुचामाथि दरबारमार्गमा भ्वाङ परेपछि‘।

टुकुचामाथि दरबारमार्गमा भ्वाङ परेपछि‘।

२५ साउन , काठमाण्डौ ।

काठमाडौं भएर बहने टुकुचा खोलालाई छोपेर बनाइएको दरबारमार्ग–काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको हो । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै रहेको छ । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।

स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । उनको निधार र हातमा चोट लागेको थियो । उनी उपचारपछि फर्किसकेका छन् ।

भ्वाङ परेपछि रातिदेखि नै सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ । दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ । यो सडक भने सडक विभागअन्तर्गत पर्दछ । यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो ।

महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ । सडकमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा मर्मत गर्न नमिल्ने बताइएको छ । सडकबाट हेर्दा टुकुचा खोला समेत देखिने भएकाले तलैबाट बेस उठाएर सडक बनाउनुपर्ने बताइएको छ ।

यसअघि टुकुचा माथि बनेका घर तथा संरचनाहरु नियमविपरित निर्माण भएको भन्दै महानगरका मेयर बालेनले टुकुचा माथि सरसफाइको अभियाननै सुरु गरेका थिए । काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) सफाइ अभियान सुरु गरेको थियो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चाररचार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेका थियो ।

महानगरले इच्छुमती सफाइका लागि १० लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको थियो । यसअघि उच्च अदालत पाटनले इच्छुमतीलाई नदी नै हो भनी निर्णय गरेपछि यसको सफाइसँगै मापदण्ड पालना गराउन महानगरले सुरु गरेको थियो । तर टुकुचामाथि भनेका घर तथा संचरचना हटाउन महानगरले सुरु गरेपनि अदालतले रोकेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.