NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

मोदीले बचाएका थिए हसिनाको ज्यान

शुक्रबार साउन २५ , २०८१
Reading Time: 1 min read
A A
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ साउन , एजेन्सी ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका बारेमा जान्न अहिले विश्व नै उत्सुक छ । भारतमा रहेकी हसिना अब कहाँ जान्छिन् भन्ने चासो सबैको छ । उनले यसअघि बेलायत र अमेरिका जाने तयारी गरेपनि तत्कालका लागि दुबै देशले राजनीतिक शरण नदिने बताएपछि उनी भारतमै रहेकी छन् । यस्तो अवस्थामा हसिना यूएईसहितका खाडी राष्ट्रमा पनि जानसक्ने अनुमान गरिएको छ ।

यो अनुमानका बीच उनका छोरा सजीव वाजिद जयले भने आफ्नी आमा बंंगलादेश फिर्ता हुने जनाएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले आफ्नी आमा हसिनालाई कुनै पनि देशमा शरण लिने कुनै इच्छा नभएको बताएका छन् । उनले भनेका छन्, “अहिले उनकी आमा केही समयका लागि भारतमा हुनुहुन्छ ।” सजीवले बंगलादेशको अन्तरिम सरकारले चुनाव घोषणा गर्नासाथै हसिना बंगलादेश फिर्ता हुने बताएका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो समयमा नै आफ्नी आमाको ज्यान जोगाएकोमा धन्यवाद समेत दिएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भनेका छन्, “म आफ्नो पार्टी र कार्यकर्तालाई बचाउनको लागि जेपनि गर्न तयार छु । यदि यसको लागि मैले राजनीतिमा आउनु परे पनि पछि हट्ने छैन । मलाई पूरा भरोसा छ कि आवामी लिग चुनावमा भाग लिनेछ र हुन सक्छ हामीले जित्न पनि सक्छौं ।

LS Auto

हामीसँग बंगलादेशमा सबैभन्दा बढी मानिसको समर्थन छ ।” यसअघि भारतले समेत हसिनाका बारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको थियो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् ।

यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् । हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् ।

अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् । केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् । हसिनाले सरकारसँगै देश छाडेपछि अहिले बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ ।

नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका छन्। शपथ खाएसँगै अन्तरिम सरकार प्रमुखका रूपमा ८४ वर्षीय युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ। अब त्यही सरकारले चुनाव घोषणा गरेपछि हसिना स्वदेश फर्किने उनका छोराको दाबी छ । यसअघि भने उनले आफ्नी आमा अब राजनीतिमा नआउने बताएका थिए ।

Tags: #मोदीले बचाए हसिनाको ज्यान#हसिनाको ज्यान

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.