मोदीले बचाएका थिए हसिनाको ज्यान

२५ साउन , एजेन्सी ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका बारेमा जान्न अहिले विश्व नै उत्सुक छ । भारतमा रहेकी हसिना अब कहाँ जान्छिन् भन्ने चासो सबैको छ । उनले यसअघि बेलायत र अमेरिका जाने तयारी गरेपनि तत्कालका लागि दुबै देशले राजनीतिक शरण नदिने बताएपछि उनी भारतमै रहेकी छन् । यस्तो अवस्थामा हसिना यूएईसहितका खाडी राष्ट्रमा पनि जानसक्ने अनुमान गरिएको छ ।

यो अनुमानका बीच उनका छोरा सजीव वाजिद जयले भने आफ्नी आमा बंंगलादेश फिर्ता हुने जनाएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले आफ्नी आमा हसिनालाई कुनै पनि देशमा शरण लिने कुनै इच्छा नभएको बताएका छन् । उनले भनेका छन्, “अहिले उनकी आमा केही समयका लागि भारतमा हुनुहुन्छ ।” सजीवले बंगलादेशको अन्तरिम सरकारले चुनाव घोषणा गर्नासाथै हसिना बंगलादेश फिर्ता हुने बताएका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो समयमा नै आफ्नी आमाको ज्यान जोगाएकोमा धन्यवाद समेत दिएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भनेका छन्, “म आफ्नो पार्टी र कार्यकर्तालाई बचाउनको लागि जेपनि गर्न तयार छु । यदि यसको लागि मैले राजनीतिमा आउनु परे पनि पछि हट्ने छैन । मलाई पूरा भरोसा छ कि आवामी लिग चुनावमा भाग लिनेछ र हुन सक्छ हामीले जित्न पनि सक्छौं ।

Advertisement

हामीसँग बंगलादेशमा सबैभन्दा बढी मानिसको समर्थन छ ।” यसअघि भारतले समेत हसिनाका बारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको थियो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् ।

यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् । हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् ।

Advertisement

अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् । केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् । हसिनाले सरकारसँगै देश छाडेपछि अहिले बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ ।

नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका छन्। शपथ खाएसँगै अन्तरिम सरकार प्रमुखका रूपमा ८४ वर्षीय युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ। अब त्यही सरकारले चुनाव घोषणा गरेपछि हसिना स्वदेश फर्किने उनका छोराको दाबी छ । यसअघि भने उनले आफ्नी आमा अब राजनीतिमा नआउने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top