कागजी नाफा देखायो भन्नेलाई कुलमानले दिए जवाफ

२४ साउन ८१, शुक्रबार

२५ साउन , काठमाण्डौ ।

पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए । कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको बताएका छन् । उनले प्राधिकरण ८२ अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत जानकारी दिए ।

Advertisement

उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको बताउँदै उनले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको जानकारी दिए ।

देशभरि रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिए । गत वर्ष मात्र काठमाडाँै उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए । उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए ।

तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए । यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए । आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताए ।

प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको प्रस्ट पारेका छन् । घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताए । धेरै ठाउँमा विद्युत् प्राधिकरणले फर्जी नाफा देखायो, डेडिकेटेड र ट्रंक लाइनको बिललाई जोडेर देखाइयो भनेकोमा दुःख व्यक्त गर्दै कार्यकारी निर्देशक घिसिङले यसो नभएको दोहो¥याए ।

तथापि, डेडिकेटेड र ट्रंक लाइनकोे केही बिलको अंश परेपनि अरु नाफा व्यवसाय विस्तारबाटै भएको उनले दाबी गरे । प्राधिकरणको ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमा नै विद्युत् उपलब्ध गराइएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा विद्युत् निःशुल्क र सहुलियत गरिएको घिसिङले बताए ।

यसैगरी विद्युतीय सवारीको प्रयोगका लागि प्रोत्साहन गर्नेगरी विद्युतीय सवारी चार्जिङ शुल्कमा समेत सहुलियत दिएको उनले बताए । देशभरि रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिए । गत वर्ष मात्र काठमाडाँै उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए ।

उनले उद्योगीले मागेको टीओडी डेटा र लेखामा पठाएको प्रमाणका रुपमा रहेका कागज आधिकारिकतासहित पेश गरेको बताएका छन् । उनले उद्योगी विधि प्रक्रियाबाट नआएको समेत बताएका छन् । उनले आफुले कही कतै टीओडी बिल आफूहरुसँग नरहेको नबताएको समेत बताएका छन् । उनले अनावश्यक कागजात नभई सपोर्टिङ कागज नै पठाएको बताएका छन् ।

२०७८ साउनमा ११ महिनापछि कुलमान प्राधिकरणमा फर्किएका थिए । त्यसअघि आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उनी प्राधिकरणबाट बाहिरिएका थिए । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । प्राधिकरण अहिले सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको छ । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top