विद्यार्थीपछि अल्पसंख्यक सडकमा, विश्वभरबाट चिन्ता

२६ साउन, विराटनगर ।
बंगलादेश अझै अशान्त छ । त्यहाँ शेख हसिनाको सरकार ढलेर अन्तरिम सरकार गठन भइसक्दासमेत विद्यार्थी आन्दोलन रोकिएको छैन । बरु हिन्दु र अल्पसंख्यकहरुको नयाँ आन्दोलन थपिएको छ । आज पनि बंगलादेशमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले आज सर्वोच्च अदालत घेराबन्दी गरेका छन् । उनीहरूले प्रधानन्यायाधीसको राजीनामा मागेका छन् ।

प्रधानन्यायाधीशले हसिनाको पक्षमा रहेको र उनले न्यायालयबाट त्यस्तो काम गर्ने प्रयासमा रहेको विद्यार्थीहरूको आरोप छ । यसरी आन्दोलन फेरि चर्किएपछि प्रधानन्यायाधीश ओब्यादुल हसनले पनि राजीनामा दिने निर्णय लिएको बताइएको छ । उनले आज साँझ नै राष्ट्रपतिलाई भेटेर राजीनामापत्र बुझाउने निर्णय सुनाएका छन् ।

प्रधानन्यायाधीशले अन्तरिम सरकार गठनबारे निर्णय लिन फुलकोर्टको बैठक बोलाएपछि आन्दोलनकारीहरू न्यायाधीशहरूको राजीनामा माग्दै सर्वोच्च अदालत घेराउमा पुगेका थिए । फुलकोर्टबाट अन्तरिम सरकार गठनलाई अवैध घोषित गर्ने तयारी रहेको हल्ला फैलिएपछि फेरि आन्दोलन भड्किएको हो । यस्तै ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन् ।

Advertisement

शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए । आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन् । जातीय हिन्दु महाजोत लगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज दिउँसो पनि सोही स्थानमा जुलुस निकालेका छन् ।

बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन् । संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन् । यसबीच असुरक्षा बढ्दै गएपछि बंगलादेशका हिन्दु तथा अन्य अल्पसंख्यकहरु भारतसंगको सिमामा ताती लागेका छन् ।

उनीहरुलाई रोक्न भारतले सीमामा कडाई गरेको छ । यता बंगलादेशमा जारी अवस्थाको अनुगमन गर्न भारत सरकारले समिति गठन गर्ने निर्णय पनि गरेका छ । समितिले बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गर्ने बताइएको छ । गृहमन्त्री अमित शाहले ट्विट गर्दै भनेका छन्, ‘बंगलादेशमा चलिरहेको अवस्थालाई ध्यानमा राख्दै मोदी सरकारले भारत–बंगलादेश सीमा (आईबीबी)को वर्तमान अवस्थाको निगरानी गर्न समिति गठन गरेको छ ।

उनले लेखेका छन् कि यस समितिले बंगलादेशमा रहेका आफ्ना समकक्षी अधिकारीहरूसँग भारतीय नागरिक, हिन्दू र त्यहाँ बस्ने अन्य अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्नका लागि सञ्चार कायम गर्नेछ।’ यो समितिको नेतृत्व एडीजी, सीमा सुरक्षा बल, पूर्वी कमाण्डले गर्नेछ । यसअघि भारतका विदेशमन्त्री एस. जयशंकरले पनि अगस्ट ६ मा संसदमा भनेका थिए, ’त्यहाँ बस्ने अल्पसंख्यकहरू सबैभन्दा कष्टकर छन् । धेरै ठाउँमा उनीहरूको पसल र मन्दिरमा हमला भएको रिपोर्ट आएको छ । तर, यसबारे पूर्ण जानकारी प्राप्त भएको छैन ।’

बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यकहरुको सुरक्षाको माग गर्दै उता संयुक्त राष्ट्र मुख्यालय बाहिर पनि आज ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । यो विरोध प्रदर्शनको नेतृत्व वाशिंगटन स्थित एक एनजीओ हिन्दू एक्शनले गरेको हो । एनजीओ हिन्दू एक्शनले न्यूयोर्कमा पनि कयौं स्थानहरुमा विरोध प्रदर्शन गरेको छ । अमेरिकी रिपब्लिकन सांसद प्याट फलनले पनि बांग्लादेशमा अल्पसंख्यकहरुलाई निशाना बनाइएको घटनाहरुमाथि चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् ।

उनले सोशल मीडियामा एक पोस्टमा लेखेका छन्, ’म बांग्लादेशमा चलिरहेको राजनीतिक हिंसा र धार्मिक उत्पीडनको कडा निन्दा गर्दछु । म अंतरिम सरकारसंग बांग्लादेशी नागरिकहरुको साझा हितमा काम गर्न यस हिंसालाई तुरुन्तै समाप्त गर्न आग्रह गर्दछु ।’ भारतीय मूलका अमेरिकी सांसद श्री थानेदारले पनि बांग्लादेशमा हिंदुहरु र अन्य अल्पसंख्यकहरुमाथि भइरहेको हमलाका घटनाहरुप्रति आपत्ति जनाएका छन् । उनले दोषीमाथि कडा कारबाही गर्न पनि माग गरेका छन् ।

बांग्लादेशमा शेख हसीना देश छाडेर गएपछि अल्पसंख्यकहरु निशानामा परेका छन् । खासगरी हिंदू समुदाय कट्टरपंथिहरुको निशानामा परेका छन् । हिंदू मंदिरहरु तोडफोड भइरहेको छ र समुदायका मानिसहरुमाथि हमला र आगजनीका घटनाहरु भएका छन । शेख हसीनाले देश छोडेपछि पनि हिंसा रोकिएको छैन । सामाजिक सञ्जालमा हिन्दू सम्पदा र मन्दिरमा हमला भएको समाचार आइरहेका छन् ।

यसबीच नेपालमा पनि बंगलादेश धर्म र संख्याका आधारमा भइरहेका हिंसाप्रति चिन्ता व्यक्त गरिएको छ । राप्रपा नेपालले बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनमा हिन्दूहरूमाथि संगठित आक्रमण भइरहेको भन्दै त्यसले विश्वभरका सानातन धर्मवलमब्हरूलाई स्तब्ध बनाएको बताएको छ । शनिबार एक वक्तव्य प्रकाशित गर्दै राप्रपा नेपालले बंगलादेशमा विभिन्न माग राखेर भएको आन्दोलनबारे आफूहरूको भन्नु केही नभएको जनाएको छ ।

अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’तर, धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन सक्दैन ।’ ’आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दुहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरूमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ ।यस्तो घटनामा सरकारको मौनता आश्चर्यजनक रहेको उल्लेख गर्दै राप्रपाले यसबारे बंगलादेश र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन माग गरेको छ ।

’मानवता विरुद्धको यस्ता घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र मौन रहनु आश्चर्यजनक छ’ उनले विज्ञप्तिमा भनेका छन् । नेपाली कांग्रेसले पनि बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेष गरी हिन्दू, बुद्धिस्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ । कांग्रेसको शुक्रबार भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।

यस्तै काठमाडौँमा प्रदर्शन भएको छ । आज राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । उनीहरूले शेख हसिनाले देश छोडेपछि बंगलादेशमा रहेका अल्पसङ्ख्यकमाथि आक्रमण बढेको भन्दै सुरक्षाको लागि दबाबस्वरूप प्रदर्शन गरेको जनाएका छन् । यसमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top