आफ्नै कोठामा मृत भेटिए दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना

२६ साउन ८१, आइतबार

२७ साउन, काठमाण्डौ।

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् ।

परिवारका सदस्यहरूले अचेत अवस्थामा रहेका उनलाई तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे । उनको शवको पोस्टमार्टम पनि गरिएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिएको थियो । तिमिल्सिनाको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ ।

Advertisement

दृष्टिविहीन गायक तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका थुप्रै गीतहरू चर्चित छन् । यसबाहेक उनले धेरैवटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन् । तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए ।

दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो । विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली सङ्गीतमा स्थापित गरेका थिए ।

Advertisement

उनको मृत्यु के कारणले भन्ने अहिले खुलिनसकेको सुवेदीले बताएका छन् । ‘मुखमा रगत र फिँज देखिएको छ’, सुवेदीले भनेका छन्,‘अहिले मृत्युको कारणबारे केही पनि अनुमान गर्न सकिने अवस्था छैन।’ पोस्टमार्टमको रिपोर्ट आएपछि केही खुल्ला’ । उनका अनुसार गायक तिमिल्सिना राति कोठामा एक्लै थिए ।

२०४५ सालको भूकम्पपछि आएको बाढीका कारण उनले दुवै आँखाको ज्योति गुमाएका थिए । उनी सप्तकोशीमा आएको बाढीले सुनसरीको आफ्नो घरसँगै बुवाआमासमेत गुमाएका प्रकाशलाई माछा मार्ने क्रममा माझीले उद्दार गरेका थिए ।

भारतको कोलकातामा सम्पन्न साउथ एशियन स्टारमा सहभागी भएपछि गायक तिमिल्सिना चर्चामा आएका थिए । कोलकाताको उक्त प्रतियोगितामा तिमिल्सिनाले बेस्ट ईङ्लिश प्रोनाउन्सेसनको अवार्ड पनि जितेका थिए । तिमिल्सिना संगीतलाई नै आफ्नो जीवनको सर्वश्व ठान्थे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top